समाचार

एमाले ले सार्वजनिक गर्यो हारका २० कारण

काठमाडौँ। नेकपा एमाले ले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा व्यहोरेको हारको मुख्य कारण नयाँ पुस्ता (जेन-जी) को उदय र उनीहरूको बदलिँदो सोचलाई मानेको छ। बुधबार बसेको जनसंगठनहरूको बैठकमा पार्टीका महासचिव शंकर पोखरेल ले प्रस्तुत गरेको विश्लेषणमा समकालीन राजनीतिमा युवापुस्ताको प्रभावले शक्ति सन्तुलन नै परिवर्तन गरिरहेको उल्लेख गरिएको छ।

बैठकमा प्रस्तुत प्रतिवेदनअनुसार परम्परागत दलहरूले भोगेको चुनौती केवल चुनावी परिणाममा सीमित नभई सामाजिक, प्राविधिक र मनोवैज्ञानिक परिवर्तनसँग जोडिएको छ। नयाँ पुस्ताले विचारधारा वा इतिहासभन्दा पनि कामको परिणाम, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकता दिन थालेको निष्कर्ष निकालिएको छ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी, बालेन शाह र हर्क साम्पाङ जस्ता नयाँ शक्ति र नेतृत्वको उदयले परम्परागत राजनीतिक संरचनामा चुनौती थपिएको प्रतिवेदनमा उल्लेख छ। नागरिकको दैनिक जीवनमा अपेक्षित सुधार नआएको भन्दै युवापुस्ता नयाँ विकल्पतर्फ आकर्षित भएको एमालेको बुझाइ छ।

त्यसैगरी पार्टी अध्यक्ष केपी शर्मा ओली द्वारा गरिएको संसद् विघटनलाई युवापुस्ताले शक्ति संघर्ष र राजनीतिक स्वार्थका रूपमा बुझेको र त्यसले अस्थिरताको धारणा बनाएको पनि विश्लेषणमा समेटिएको छ।

पार्टीभित्रको आन्तरिक एकता कमजोर देखिनु र स्थिर सरकार दिन सक्ने विश्वासमा कमी आउनु पनि हारका कारणका रूपमा औँल्याइएको छ। हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा एमालेले २५ सिट मात्र जितेको थियो।

यस्ता छन हारका कारणहरु:

सेयर गर्नुहोस् :