काठमाडौं : नेपाली लेखक संघले नेपालभित्र दर्ता भएका सवारीसाधनमा जडान गरिने इम्बोस्ड नम्बर प्लेट अंग्रेजी भाषामा राख्ने सरकारी निर्णयको विरोध गर्दै नेपाली भाषामा नै राख्नुपर्ने माग गरेको छ। बुधबार जारी विज्ञप्तिमा संघका अध्यक्ष वियोगी बुढाथोकीले अंग्रेजी नम्बर प्लेट प्रयोग गर्नु नेपाली भाषाको अवमूल्यन भएको आरोप लगाएका छन्। विज्ञप्तिमा भनिएको छ, “नेपालभित्र दर्ता भएका सवारीसाधनमा इम्बोस्ड […]
समाचार
बैतडीमा जीप दुर्घटना, १२ घाइते, ३ जनाको अवस्था गम्भीर
बैतडी : बैतडीको दशरथचन्द नगरपालिका -४ शाहीलेक नजिक जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। गोठलापानीबाट खोड्पे जाँदै गरेको उग्रतारा यातायातको से१ज २४५ नम्बरको जीप बुधबार दिउँसो करिब २ बजे शाहीलेक पुग्नुअघि ईश्वरीगंगा जाने बाटोमा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए। घाइते सबैलाई जिल्ला अस्पताल बैतडीमा उपचार […]
अख्तियार प्रमुख राईविरुद्ध अख्तियारमै उजुरी
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि अनुसन्धान गर्नुपर्ने मागसहित अख्तियारमै उजुरी दर्ता भएको छ। सिन्धुली कमलामाई नगरपालिका–६ का युवराज पौडेलले राईविरुद्ध दर्ता गराएको उजुरी ‘सी–००३४९८’ नम्बरमा दर्ता भएको हो। पौडेलले वाइडबडी विमान खरिद अनियमितता, नेपाल आयल निगमको जग्गा खरिद प्रकरण तथा नक्कली भुटानी शरणार्थी काण्डका आरोपीहरूले राईको गाडीमा पैसा हालिदिएको विषयमा […]
एमाले केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं : सत्तारुढ नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महरविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ। एक महिलाले महरमाथि गालीबेइज्जती र चरित्रहत्या गरेको आरोप लगाउँदै साइबर व्युरोमा जाहेरी दिएपछि काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी लिइएको प्रहरी स्रोतले जनाएको छ। उक्त जाहेरीका आधारमा साइबर व्युरोले अनुसन्धान अघि बढाएको छ।
सुदूरपश्चिममा सुरु भयो गौराको चहलपहल, भोलि बिरुडा पञ्चमी
धनगढी :सुदूरपश्चिमको मौलिक पर्व गौरा नजिकिँदै गर्दा प्रदेशभर उत्साह र चहलपहल बढेको छ। आगामी बिहीबारदेखि औपचारिक रूपमा सुरु हुने यस पर्वका लागि टाढाटाढा रहेका स्थानीयहरू आफ्नो थातथलो फर्किन थालेका छन्। गौराको सुरुवात बिरुडा पञ्चमीका दिन हुन्छ। यस दिन गहत, गहुँ, केराउ, मास र गुराँससहित पाँचथरी अन्न भिजाएर पर्वको प्रारम्भ गरिन्छ। व्रतालु महिलाहरूले संकलित अन्नलाई पवित्र […]
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग्ने आदेश
बुटवल : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध चलिरहेको सुप्रिम सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीसँग कैफियत प्रतिवेदन र सक्कल मिसिल पेश गर्न आदेश दिएको छ। बुधबार न्यायाधीश सागर विष्टको एकल इजलासले लामिछानेले दर्ता गराएको रिहाइसम्बन्धी निवेदनमा प्रारम्भिक बहस सुनेपछि यस्तो आदेश दिएको हो। उच्च अदालत बुटवलका सूचना अधिकारी […]
ओली सरकारको वैधानिकता माथि प्रश्न, सर्वोच्चमा आज निर्णायक सुनुवाइ
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक प्रावधानअनुसार विश्वासको मत नलिएको भन्दै वैधानिकता खतरामा परेको छ। यस सम्बन्धमा दायर भएको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले गत असार २२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था भए पनि प्रधानमन्त्री ओलीले त्यो नगरेको […]
सुदूरपश्चिममा ‘जीवनाशक विषादी व्यवस्थापन ऐन’ ल्याउने तयारी
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले कृषिमा अनियन्त्रित रूपमा प्रयोग हुँदै आएका जीवनाशक विषादीलाई नियन्त्रण गर्न विशेष कानुन ल्याउने तयारी गरेको छ। यसै उद्देश्यका लागि प्रदेशसभामा ‘सुदूरपश्चिम प्रदेश जीवनाशक विषादी व्यवस्थापन सम्बन्धी विधेयक’ दर्ता भइसकेको छ। प्रदेश सरकारले ल्याउन लागेको ऐनले विषादीको बिक्रीवितरण, भण्डारण, पैठारी, व्यावसायिक प्रयोगदेखि छर्काइसम्मलाई व्यवस्थित गर्नेछ। यसले मानव स्वास्थ्य, पशुपक्षी तथा वातावरणमा […]
सर्वोच्च अदालतले भन्याे पशुपतिमा नाङ्गै बस्ने साधुहरू अश्लीलता होइन
काठमाडौं :सर्वोच्च अदालतले पशुपतिनाथ मन्दिर परिसरमा नागा साधुहरू नाङ्गै बस्ने परम्परालाई अश्लीलता ठहर गर्न नमिल्ने ठहर गरेको छ। अदालतले यसलाई सनातन अभ्यास, भक्ति र साधनासँग जोडिएको धार्मिक परम्पराको रूपमा व्याख्या गरेको हो। न्यायाधीश नहकुल सुवेदी र कुमार चुडालको संयुक्त इजलासले गरेको फैसलामा भनिएको छ “नाङ्गै बस्नु भक्तजनलाई कामोत्तेजना बढाउने वा दिग्भ्रमित बनाउने उद्देश्यले नभई सनातन […]
क्यानडा, क्रोएसिया पठाउने प्रलोभन, ३० लाखभन्दा बढी ठगी गर्ने दुई पक्राउ
काठमाडौं : काठमाडौं उपत्यकामा वैदेशिक रोजगारीका नाममा ३० लाख रुपैयाँभन्दा बढी ठगी गर्ने दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार सोमबार विशेष टोलीले काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा डडेल्धुराका २४ वर्षीय सुरेश नाथ र संखुवासभाका ४३ वर्षीय धनबहादुर राई छन्। नाथले क्यानडा पठाइदिन्छु भन्दै […]











