काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्थासहितको निर्वाचनमा प्रतिष्पर्धा गर्न खुलेर चुनौती दिएका छन्। शनिबार झापाको बिर्तामोडमा आयोजित पार्टीको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै लिङ्देनले जनता माझ आफू माथि लोकप्रियता भएको दाबी गर्ने ओलीलाई संविधान संशोधन मार्फत प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणालीमा […]
राजनीति
वीरगन्जमा पूर्वराष्ट्रपति भण्डारीलाई ५१ किलोको माला अर्पण
वीरगन्ज : पूर्वराष्ट्रपति तथा नेकपा (एमाले)की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई वीरगन्जमा एमाले कार्यकर्ताले भव्य सम्मान गरेका छन्। शनिबार बिहान उद्योग वाणिज्य संघले आयोजना गरेको महिला उद्यमीहरूसँगको अन्तरक्रिया कार्यक्रममा सहभागी हुन भण्डारी वीरगन्ज पुगेकी थिइन्। सो अवसरमा नेता–कार्यकर्ताले उनलाई ५१ किलोको माला लगाइदिएर स्वागत गरेका थिए। बिहान सिमरा विमानस्थलमै एमाले कार्यकर्ताले उनको स्वागत गरेका थिए भने वीरगन्ज […]
माओवादीलाई विश्वास नगरे देश बन्दैन
काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले माओवादीलाई विश्वास नगरे मुलुक ठूलो संकटमा पर्ने दाबी गरेका छन्। बुधबार काठमाडौंमा आयोजित पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय ऊर्जा संवाद २०८२ लाई सम्बोधन गर्दै उनले माओवादीको योगदानलाई बेवास्ता गरेर देशलाई अघि बढाउन सकिँदैन भन्दै चेतावनी दिएका हुन्। ‘यो परिवर्तन माओवादीले ल्याएको हो। त्यसैले पाठ्यक्रमदेखि […]
कवाड व्यवसायीले महानगर कार्यालय घेरे, मेयर बालेन माथि गुण्डागर्दीको आरोप
काठमाडौं : कवाड व्यवसायीहरूले काठमाडौं महानगरपालिका विरुद्ध फेरि विरोध प्रदर्शन गरेका छन्। कवाड व्यवसायी संघर्ष समिति नेपालको आह्वानमा व्यवसायीहरू बुधबार भृकुटीमण्डपमा भेला भई जुलुससहित कमलादी स्थित महानगरपालिका कार्यालयतर्फ गएर घेराउ गरेका हुन्। प्रदर्शनमा सहभागीहरूले मेयर बालेन्द्र साह माथि कवाड व्यवसायीप्रति गुण्डागर्दी गरेको आरोप लगाउँदै विरोधका ब्यानर र प्लेकार्ड बोकेका थिए। उनीहरूले ‘कवाड व्यवसायीको श्रमको सम्मान […]
प्रचण्ड : गौर नरसंहारको आदेश माओवादी विरुद्ध लक्षित
पोखरा : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतले गौर नरसंहारसम्बन्धी दिएको परमादेश आफ्नै पार्टीलाई लक्षित भएको दाबी गरेका छन् । पोखरामा आयोजित अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकीको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले आदेश हेर्दा उपेन्द्र यादवमाथि केन्द्रित देखिए पनि वास्तविक उद्देश्य माओवादीलाई कमजोर बनाउने रहेको बताएका हुन्। […]
दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा
काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन्। दुई साताअघि मात्र डिल्लीबजार कारागारबाट रिहा भएका प्रसाईंले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टी निर्माणको तयारी सुरु भएको जानकारी दिए। प्रसाईंका अनुसार आफूले विगतमा अभियान चलाउँदा सरकारी अवरोध तथा व्यक्तिगत गतिविधिमा नाकाबन्दीका जस्ता व्यवहार सहनु परेको थियो। “राजनीतिक चेत भएका सफल […]
‘मंगलग्रह लगे पनि डराउँदिनँ’ – रवि लामिछाने
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई राजनीतिक प्रतिशोधका नाममा जहाँसुकै लैजाँदा पनि नडराउने दृढता व्यक्त गरेका छन्। शनिबार रुपन्देही कारागारबाट काठमाडौं स्थानान्तरण हुँदै गर्दा भैरहवा विमानस्थलमा भएको छोटो भेटमा उनले आफ्नो उच्च मनोबल झल्काउँदै यस्तो प्रतिक्रिया दिएका हुन्। रास्वपाका प्रवक्ता मनिष झाले लामिछानेको भनाइ उद्धृत गर्दै भने, “राजनीतिक प्रतिशोधले यिनीहरूले मंगलग्रह […]
रक्षाबन्धनमा रास्वपाको विशेष कार्यक्रम, रविको कटआउटमा राखी बाँध्ने
काठमाडाै:सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको समर्थनमा पार्टीले अनौठो तर भावनात्मक कार्यक्रमको आयोजना गर्ने भएको छ। जनैपूर्णिमा र रक्षाबन्धनको अवसर पारेर शनिबार, श्रावण २४ गते, रवि लामिछानेको कटआउट (डमी तस्बिर) मा राखी बाँध्ने कार्यक्रम तय गरिएको हो। पार्टीका नेता दीपक बोहराका अनुसार, यो कार्यक्रम भैरहवा कारागार गेट अगाडिको मन्दिर […]
रास्वपाबाट रुपन्देही-३ उपनिर्वाचनमा उम्मेदवारीका लागि ९ जनाको आवेदन
काठमाडौं:राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो १७ कात्तिकमा हुने रुपन्देही-३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया सुरु गरेको छ। पार्टीले आवेदन आह्वान गरे सँगै नौ जनाले उम्मेदवारीका लागि आफ्नो नाम पेश गरेका छन्। लुम्बिनी प्रदेश इञ्चार्ज विपिन आचार्यका अनुसार साउन ७ देखि २१ गतेसम्मको अवधिमा उम्मेदवार बन्न इच्छुक ९ जनाले पार्टीमा आवेदन दिएका हुन्। रास्वपाले आयोजित पत्रकार […]
रवि लामिछानेले थुनामुक्तिको माग गर्दै रूपन्देही अदालतमा निवेदन दर्ता ‘राजनीतिक प्रतिशोध’ को आरोप
काठमाडाै:सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण जस्ता गम्भीर अभियोगमा रुपन्देही कारागारमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले थुना मुक्तिको माग गर्दै रुपन्देही जिल्ला अदालतमा निवेदन दर्ता गरेका छन्। लामिछानेले राजनीतिक प्रतिशोधको सिकार बनाइएको दाबी गर्दै, बैंक जमानतको आधारमा रिहा गरियोस् भन्ने माग सहित निवेदन दर्ता गरेका हुन्। रास्वपा […]











