भक्तपुर।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ कार्य अन्तिम चरणमा पुगेको छ। जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलका अनुसार दैनिक १२ देखि १५ लाखसम्म मतपत्र छापिँदै आएको र आइतबार सम्म सबै मतपत्र छपाइ सम्पन्न हुने जानकारी दिएका छन्।
समाज
जनसंख्या घट्दै गएपछि, तीन सन्तान जन्माउने परिवारलाई मासिक ४ हजार दिने
स्याङ्जा। स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले घट्दो जनसंख्या नियन्त्रण गर्ने उद्देश्यले नयाँ रणनीति अघि सारेको छ। गाउँपालिकाले कार्यविधि नै निर्माण गरी तीन सन्तान जन्माउने परिवारलाई आर्थिक अनुदान दिने निर्णय गरेको हो। यस रणनीति अनुसार, तीन सन्तान जन्माउने परिवारलाई मासिक ४ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिनेछ। गाउँपालिकाका अनुसार बसाइँसराइ, घट्दो जन्मदर र जनसंख्या वृद्धिदरमा आएको कमीलाई सम्बोधन […]
बाबुको पहिचान नखुलेका सन्तानलाई आमाको नामबाट नागरिकता
काठमाडौं। सरकारले नेपाली नागरिकता नियमावली २०६३ मा चौथो संशोधन गरी राजपत्रमा प्रकाशित गरेपछि बाबुको पहिचान नखुलेका सन्तानले आमाको नामबाट नेपाली नागरिकता लिन पाउने व्यवस्था व्यवहारमा लागू भएको छ। यो भन्दा पहिले प्रायः बाबुको नामबाट मात्र वंशजको नागरिकता दिइँदै आएको थियो। संशोधित नियमावली अनुसार बाबु वा आमामध्ये एकजनाले जन्मको आधारमा नागरिकता पाएको तर अर्कोको मृत्यु भएको […]
इलाका प्रशासन स्वीकृत भएपछि स्थानियले दिपावली मनाए
कालीकोट। कालीकोटको रास्कोट नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि स्थानीयवासीहरूले गाउँमा दिपावली गरेका छन । गत पुस ११ गतेको मन्त्रिपरिषद् बैठकले कालीकोटको रास्कोट सहितका ८ वटा जिल्लामा इलाका प्रशासन कार्यालय स्वीकृत गरेको थियो। रास्कोट नगरपालिकामा पनि इलाका प्रशासन कार्यालय स्वीकृत भएपछि स्थानीय खुसी भएका हुन। यसले कर्णाली नदी पारिका रास्कोट, नरहरिनाथ, […]
स्वदेशमै उत्पादन हुने तरकारीमा समेत १४ अर्बको आयात
काठमाडौ। नेपालले चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म १४ अर्ब ५१ करोड २० लाख रुपैयाँ बराबरको हरियो तरकारी आयात गरेको छ। स्वदेशमै उत्पादन हुने तरकारीसमेत ठूलो परिमाणमा आयात हुनु चिन्ताको विषय बनेको छ। नेपालले भारत, चीनसहित विभिन्न देशबाट तरकारी आयात गर्दै आएको छ।स्रोत: भन्सार विभाग
भुवा पर्वको दिन सुदूरपश्चिममा सार्वजनिक बिदा
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले भुवा पर्वको अवसरमा पुस ४ गते (शुक्रबार) प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यो पर्व सुदूरपश्चिम प्रदेश पहाडी जिल्लाहरूका साथै तराईमा पनि मनाइन्छ। प्रदेश सरकारको राजपत्रअनुसार सो दिन सबै सरकारी तथा सार्वजनिक निकाय बन्द रहनेछन्। भुवा पर्व पुस महिनाको औँसीबाट सुरु हुने र पिठोको टीका लगाएर ‘पिठाया’ सहित गाउँ–गाउँमा भुवा […]
कोटेश्वर–जडीबुटी अन्डरपास र फ्लाइओभर बनाउन जापानले ३१ अर्ब बराबरको ऋण दिने
काठमाडौं :नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाका लागि करिब ३१.७६ अर्ब रुपैयाँ बराबरको ऋण सहायता सम्झौतामा हस्ताक्षर भएको छ। बुधबार अर्थ मन्त्रालयमा आयोजित समारोहमा अर्थमन्त्री रामेश्वरप्रसाद खनालको उपस्थितिमा सम्झौता हस्ताक्षर गरिएको हो। जापानले ३४.५९ अर्ब जापानी येन बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने छ। जाइका मार्फत उपलब्ध हुने ऋणमा १० वर्ष ग्रेस अवधि, […]
सुनको मूल्य फेरि ९०० ले बढ्यो
काठमाडौं: नेपाली बजारमा सुनको मूल्य बुधबार पनि बढेको छ। लगातार वृद्धि हुँदै आएको सुनको भाउ आज ९०० रुपैयाँले वृद्धि भएको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन मंगलबार मात्रै ५ हजार २०० रुपैयाँले वृद्धि भएको सुन आज थप ९०० ले बढेर प्रति तोला २ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको […]









