अछाम। नेकपा एमालेले अछाम क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभा उम्मेदवार परिवर्तन गरेको छ। यसअघि पार्टी केन्द्रीय सचिवालयले एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज झपट बोहरालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। तर अन्तिम समयमा निर्णय सच्याउँदै एमालेले दीपक साउदलाई टिकट दिएको हो। एमाले स्रोतका अनुसार पार्टीभित्रको आन्तरिक छलफलपछि साउदलाई उम्मेदवार बनाउने निर्णय गरिएको हो। साउद यसअघि माओवादी […]
समाचार
जेनजी आन्दोलनका घाइते प्रकाश बोहोरा रास्वपाको समानुपातिक उम्मेदवार
काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी आन्दोलनका क्रममा घाइते भएका दैलेखका प्रकाशबहादुर बोहोरालाई समानुपातिक उम्मेदवार बनाएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको बन्दसूचीमा उनी खस–आर्यतर्फ चौथो स्थानमा छन्। जेनजी आन्दोलनका बेला गोली लागेर घाइते भएका बोहोराको रक्ताम्य जुत्ता आन्दोलनको प्रतीकका रूपमा चर्चित बनेको थियो। हाल पनि उनी उपचाररत छन्। बन्दसूचीमा जेनजी घाइते बोहोरा संगै कालिकोटका […]
बालेन शाह जनकपुर आइपुगे, समर्थकको भीडले विमानस्थलको ढोका फुट्यो
काठमाडौ। काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह जनकपुरधाम आइपुगेका छन्। आइतबार राजीनामा दिएपछि उनी घण्टीघर हुँदै जनकपुर प्रस्थान गरेका हुन्। जनकपुर विमानस्थलमा बालेन शाह सहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अरु नेताहरूलाई स्वागत गर्न ठूलो संख्यामा नेता, कार्यकर्ता तथा समर्थकहरू उपस्थित भएका थिए। स्वागतका क्रममा विमानस्थलको बाहिरिने ढोकामा अत्यधिक […]
विवादित पृष्ठभूमिका चक्रे मिलनलाई, गोरखा–२ बाट एमालेले उम्मेदवार सिफारिस
काठमाडौ। नेकपा (एमाले) ले गोरखा–२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट चक्रे मिलन (मिलन गुरुङ) लाई उम्मेदवार बनाउने निर्णय गरेको छ। च्यासलमा बसेको पार्टी सचिवालय बैठकले उनलाई टिकट दिने निर्णय गरेको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिए। चक्रे मिलन आपराधिक पृष्ठभूमिका कारण विवादित पात्रका रूपमा चिनिन्छन्। उनीमाथि सर्वसाधारणलाई आतंकित पार्ने गतिविधिदेखि ज्यान मार्ने उद्योगसम्मका मुद्दा चल्दै आएका छन् […]
बालेन शाह आज मेयर पदबाट राजीनामा दिदै, दिउँसो १ बजे घण्टीघर पुग्ने
काठमाडौ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आज औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने भएका छन्। उनले मेयर पदबाट राजीनामा दिएर दिउँसो १ बजे रास्वपाको केन्द्रीय कार्यालय ‘घण्टीघर’ पुग्ने कार्यक्रम तय भएको छ। पार्टी स्रोतका अनुसार उनको स्वागत तथा शपथको तयारी गरिएको छ। रास्वपाले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा बालेनलाई झापा–५ […]
सुदूरपश्चिममा एमालेका उम्मेदवार टुंगो, कुन जिल्लाबाट को?
काठमाडौ। आगामी निर्वाचनका लागि नेकपा (एमाले) ले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट उम्मेदवार चयन गरेको छ। पार्टीले प्रदेशका नौ वटै जिल्लामा प्रतिनिधित्व गर्ने उम्मेदवारहरूको नाम सार्वजनिक गरेको हो। कुन जिल्लाबाट को? कैलाली कैलाली–१ : द्वारिका न्यौपाने कैलाली–२ : सूर्यबहादुर थापा कैलाली–३ : गौरीशंकर चौधरी कैलाली–४ : लेखराज भट्ट कैलाली–५ : यज्ञराज ढुङ्गाना कञ्चनपुर कञ्चनपुर–१ : कमला […]
सुदूरपश्चिमका १६ वटै क्षेत्रमा नेकपाका उम्मेदवार टुंगिए
धनगढी। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेशका सबै १६ निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएको छ। अछाम–१ बाट भीम रावल र अछाम–२ बाट शरदसिंह भण्डारी उम्मेदवार बनेका छन्। कैलाली–१ मा रामलाल डगौरा थारु, २ मा राजेन्द्र साउँद, ३ मा विरमान चौधरी, ४ मा हरि चौधरी उत्सव र […]
सुदूरपश्चिमका १६ सिटमा रास्वपाका ४६ जनाको उम्मेदवारी दाबी, यी हुन् आकांक्षी
धनगढी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सुदूरपश्चिम प्रदेशका प्रतिनिधि सभाका १६ निर्वाचन क्षेत्रमा ४६ जनाले उम्मेदवारीका लागि आवेदन दिएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीले अनलाइन प्रणालीमार्फत आकांक्षा संकलन गरेको हो। उम्मेदवार बन्न इच्छुक हुनेमा रास्वपाका सुदूरपश्चिम प्रदेश सभापति इन्जिनियर प्रकाश विष्ट, रास्वपा सचिवालय सदस्य दीपक बोहरा, नेता सागर ढकाल, […]
कांग्रेसमा आधिकारिकताको विवाद, देउवा पक्षका नेता कार्यकर्ता निर्वाचन आयोगमा
काठमाडौं। नेपाली कांग्रेसमा आधिकारिकताको विवाद चुलिँदै जाँदा शेरबहादुर देउवा पक्षका नेता कार्यकर्ता निर्वाचन आयोग पुगेका छन्। विशेष महाधिवेशनबाट गगन थापा सभापति निर्वाचित भएपछि दुवै पक्षले आफू आधिकारिक भएको दाबी गर्दै आयोगमा निवेदन दिएका हुन्। आयोगले यो विषयमा छानबिन गरिरहेको अवस्थामा देउवा पक्षका केन्द्रीय पदाधिकारी, जिल्ला सभापति, भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरू आफ्ना कुरा राख्न आयोग […]
आगामी फागुन २१ को प्रतिनिधिसभा चुनावमा ‘ई–मनिटर प्लस’ सफ्टवेयर प्रयोग
काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन निर्वाचन आयोगले सामाजिक सञ्जालमा फैलिन सक्ने भ्रामक सूचना नियन्त्रणका लागि ‘ई–मनिटर प्लस’ सफ्टवेयर प्रयोग गर्ने भएको छ। AI मा आधारित यो सफ्टवेयर यसअघि २० भन्दा बढी देशमा प्रयोग भइसकेको आयोगले जनाएको छ। यो प्रविधिले सामाजिक सञ्जालमा फैलिन सक्ने मिसइन्फर्मेसन र डिसइन्फर्मेसन सम्बन्धी […]











