समाचार

समाचार

जेन-जी आन्दोलनका घाइतेको उपचारमा सरकारको बेवास्ता

काठमाडाैँ। जेन–जी आन्दोलनका क्रममा घाइते भएका नागरिकलाई सरकारले निःशुल्क उपचारको घोषणा गरे पनि फलोअप उपचारमा सरकारी बेवास्ता र अस्पतालको शुल्क प्रणालीका कारण पीडित परिवारहरू गम्भीर समस्यामा परेका छन्। सरकारद्वारा प्रदान गरिएको ‘जेन–जी कार्ड’ देखाउँदा समेत धेरै अस्पतालमा निःशुल्क उपचार नपाइएको, औषधि, परीक्षण र फलोअप खर्च आफैंले व्यहोर्नुपरेको गुनासो पीडितहरूले गरेका छन्। प्रारम्भिक उपचार पछि डिस्चार्ज […]

खेलकुद

लुम्बिनीले जित्यो एनपीएलको उपाधि, सुदूरपश्चिम लगातार दोस्रो पटक उपविजेतामा

काठमाडौं :नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको छ। त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो। सुदूरपश्चिम लगातार दोस्रो पटक उपविजेतामा सीमित बन्यो। टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स १९.१ ओभरमा ८५ रनमै अलआउट भयो, जुन एनपीएल इतिहासकै पहिलो इनिङ्सको सबैभन्दा कम स्कोर […]

खेलकुद

एनपीएल फाइनल आज, विजेतालाई १ करोड १० लाख, कारदेखि बाइक सम्म

काठमाडाै : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको फाइनल खेल आज कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय स्टेडियममा सुदूरपश्चिम रोएल्स र लुम्बिनी लायन्सबीच हुँदैछ। सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनल पुगेको हो भने लुम्बिनी पहिलो पटक फाइनल खेलेको हो। यस पटक एनपीएलले नयाँ च्याम्पियन पाउने पक्का भएको छ।विजेता टिमले १ करोड १० लाख र उपविजेताले ५१ लाख […]

समाचार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पाँच पूर्वमन्त्री सहित भ्रष्टाचार मुद्दामा ५६ जना प्रतिवादी

पोखरा : पोखराअन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा व्यापक अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा ५६ जना विरुद्ध मुद्दा दायर गरेको छ। आयोगले ८ अर्ब ३३ करोड रुपैयाँ बिगो कायम गरेको छ। यसमा पाँच पूर्वमन्त्री सहित उच्च तहका पूर्वअधिकारी, इन्जिनियर, कर्मचारी र ठेकेदार कम्पनी सामेल छन मुद्दामा परेका ५६ प्रतिवादीहरूको सूची १. रामकुमार श्रेष्ठ२. […]

खेलकुद

पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने हुनेछन्

काठमाडौं:नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनमा विराटनगर किंग्सले शीर्षस्थानको सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै क्वालिफायर वानमा प्रवेश गरेको छ। १४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमै पूरा गर्दै रन रेटमा काठमाडौं गोर्खाजलाई पछि पार्‍यो। विराटनगरका लागि फाफ डु प्लेसिस र साम हेजललेटले पहिलो पावरप्लेमा ८७ रन जोडी शुरुवात गरे। फाफले १९ बलमा अर्धशतक प्रहार गरे […]

समाचार

श्रीलंकाली समकक्षीसँग प्रधानमन्त्री कार्कीको टेलिफोन वार्ता

काठमाडौं:प्रधानमन्त्री सुशीला कार्की र श्रीलंकाका प्रधानमन्त्री डा. हरिणी अमरसुरिया बीच आज साँझ टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा श्रीलंकाली प्रधानमन्त्री अमरसुरियाले नेपाल सरकारले बाढी प्रभावितहरूको राहत एवं उद्धारका लागि उपलब्ध गराएको २ लाख अमेरिकी डलर बराबरको सहयोग प्रति आभार व्यक्त गरिन्। नेपालले विपद्मा परेका श्रीलंकाली जनताको सहयोगार्थ आपत्कालीन सहायता प्रदान गरेपछि अमरसुरियाले प्रधानमन्त्री कार्कीलाई टेलिफोन […]

समाज

कोटेश्वर–जडीबुटी अन्डरपास र फ्लाइओभर बनाउन जापानले ३१ अर्ब बराबरको ऋण दिने

काठमाडौं :नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाका लागि करिब ३१.७६ अर्ब रुपैयाँ बराबरको ऋण सहायता सम्झौतामा हस्ताक्षर भएको छ। बुधबार अर्थ मन्त्रालयमा आयोजित समारोहमा अर्थमन्त्री रामेश्वरप्रसाद खनालको उपस्थितिमा सम्झौता हस्ताक्षर गरिएको हो। जापानले ३४.५९ अर्ब जापानी येन बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने छ। जाइका मार्फत उपलब्ध हुने ऋणमा १० वर्ष ग्रेस अवधि, […]

राजनीति

काठमाडौँमा आज उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा

काठमाडौँ: कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी आज बुधबार औपचारिक रूपमा घोषणा हुँदैछ। कार्यक्रम १–४ बजे सम्म प्रज्ञा भवन, कमलादी काठमाडौँमा आयोजना हुने तय गरिएको छ। घोषणा सभामा प्रमुख अतिथि ऊर्जामन्त्री कुलमान घिसिङ हुनेछन्। सोही अवसरमा पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र २०८२ को घोषणापत्र पनि सार्वजनिक गरिनेछ बताइएको छ।

शिक्षा / राेजगारी

विद्यालय व्यवस्थापन समिति गठन नगरे अनुदान रोक्ने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालय व्यवस्थापन समिति गठन नगर्ने पालिकालाई संघीय अनुदान रोक्ने चेतावनी दिएका छन्। उनले सबै पालिकालाई नियमअनुसार तुरुन्त विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना जारी गरिएको बताए। मन्त्री पुनका अनुसार केही पालिकाले विद्यालय व्यवस्थापन समिति बिना मनोमानी ढंगले विद्यालय सञ्चालन गर्दै आएको पाइएको छ। यस्तो अवस्थामा सरकारले ती पालिकाको […]

समाचार

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोल र एलपी ग्यास यथावत्

काठमाडौँ : नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गरेको छ। डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटेको छ भने हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ बढेको छ। अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य भने प्रतिकिलोलिटर अमेरिकी डलर ४२ घटाइएको छ। नयाँ मूल्य आजै मध्यरातदेखि लागू हुने निगमले जनाएको छ। पेट्रोल र एलपी ग्यासको मूल्य यथावत् […]