समाचार

राजनीति

नेपाली कांग्रेसले गर्यो निर्वाचन आयोगमा औपचारिक रूपमा दल दर्ता

काठमाडौं :आगामी निर्वाचनमा सहभागिता जनाउने निर्णय गरे सँगै नेपाली कांग्रेसले निर्वाचन आयोगमा औपचारिक रूपमा दल दर्ता गराएको छ। आइतबार कांग्रेसको टोली निर्वाचन आयोग पुगेको थियो। दर्ता प्रक्रिया सम्पन्न भएको जानकारी मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिएका छन्। ‘आज हामीले निर्वाचन आयोगमा दल दर्ता सम्बन्धी सबै प्रक्रिया पूरा गर्यौं,’ उनले भने। कांग्रेसले राष्ट्रिय सभा र प्रतिनिधिसभा दुवै […]

समाचार

अस्थायी बसोबासमा रहेका मतदाताले स्थानीय तहमै भोट हाल्न पाउने व्यवस्था

काठमाडौं: सरकारको नीति अनुसन्धान प्रतिष्ठानले अस्थायी बसोबासमा रहेका नागरिकहरूले बसोबासको स्थान मै मतदान गर्न सक्ने व्यवस्था सम्भव भएको निष्कर्ष सहित सरकार र निर्वाचन आयोगलाई प्रतिवेदन पेश गरेको छ। प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा. डा. लेखनाथ शर्माले नेतृत्व गरेको अध्ययनले पेसा, अध्ययन वा अन्य व्यवसायिक कारणले अस्थायी बसोबास गर्ने व्यक्तिहरूको अस्थायी मतदाता सूची तयार गरी मतदानको व्यवस्था […]

समाचार

द्वन्द्वपीडितको न्याय खोजी, राजनीतिक भागबन्डा विरुद्ध आयोग अगाडि विरोध

काठमाडौँ : द्वन्द्वपीडितहरूले विस्तृत शान्ति सम्झौता भएको दुई दशक बितिसक्दा पनि न्याय नपाएको गुनासो गर्दै शुक्रबार सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको कार्यालय अगाडि धर्ना दिएका छन्। पीडितहरूले दलगत भागबन्डाको आधारमा आयोगका पदाधिकारी नियुक्त गरिएकाले न्याय सुनिश्चित हुन नसक्ने दाबी गरेका छन्। उनीहरूका अनुसार नेताहरूको सिफारिस र राजनीतिक स्वार्थ अनुसार बनेको संरचनाले पीडितको […]

खेलकुद

हिक्मत महरा बने सुदूरपश्चिम रोयल्सका ‘आइकोनिक खेलाडी’

धनगढी: सुदूरपश्चिमका युवा तीव्र गतिका बलर हिक्मत महरा नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि सुदूरपश्चिम रोयल्सका ‘आइकोनिक खेलाडी’ बनेका छन्। धनगढी स्थित धनगढी क्रिकेट एकेडेमीमा आइतबार र सोमबार सम्पन्न ‘ट्यालेन्ट हन्ट’ कार्यक्रममा झन्डै ३०० जना प्रतिभावान खेलाडी सहभागी भएका थिए। प्रशिक्षक जगत टमटाको नेतृत्वमा रहेको छनोट टोलीले दुई चरणको मूल्यांकन पछि हिक्मतलाई उत्कृष्ट ठहर गर्दै […]

राजनीति

आज एमालेको शक्ति प्रदर्शन ७५३ वटै पालिकामा नारा जुलुस र मोटरसाइकल र्‍याली

काठमाडाै: नेकपा एमालेले आज देशभर एकैसाथ शक्ति प्रदर्शन गर्दैछ। पार्टीको जनपरिचालन कार्यक्रमअन्तर्गत देशका सबै ७५३ वटै स्थानीय पालिकामा नारा जुलुस र मोटरसाइकल र्‍याली आयोजना गरिएको छ। एमालेले संसद् विघटनलाई “प्रतिगामी कदम” भन्दै त्यसको विरोधमा देशव्यापी जनप्रदर्शन सुरु गरेको हो। एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार, मंसिर २२ गते देशभरका ६,७४३ वटै वडामा […]

समाचार

गृह मन्त्री ओमप्रकाश अर्याल र भारतीय राजदूत बीच शिष्टाचार भेट

काठमाडौँ : गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आइतबार शिष्टाचार भेटवार्ता गरेका छन्। गृह मन्त्रालयमा भएको उक्त भेटमा आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचन का लागि शान्ति सुरक्षा र आपसी सहकार्यका विषयमा छलफल भएको मन्त्रालय स्रोतले जनाएको छ। भेटका क्रममा राजदूत श्रीवास्तवले निर्वाचन भयरहित र प्रभावकारी रूपमा सम्पन्न हुने विश्वास […]

अन्तराष्ट्रिय

आफ्नै तलब घटाउँदै जापानी प्रधानमन्त्री

काठमाडौं :जापानकी नयाँ प्रधानमन्त्री साने ताकाइचीले आफ्नै तलबसहित मन्त्रीपरिषद्का सदस्यहरूको पारिश्रमिक घटाउने तयारी गरेकी छिन्। सरकारी कर्मचारीको तलबसम्बन्धी कानुनमा संशोधन गर्ने उनको योजनाबारे जापान टाइम्स ले सम्बन्धित मन्त्रीहरूलाई उद्धृत गर्दै खबर प्रकाशित गरेको छ। समाचार अनुसार, संसद्को चालु सत्रमा छिट्टै सम्भवतः मंगलबार सम्म यो विषयमा छलफल हुने बताइएको छ। प्रस्तावित संशोधनले प्रधानमन्त्री र मन्त्रीपरिषद्का अन्य […]

राजनीति

रास्वपामा समानुपातिक उम्मेदवारी आह्वान, यस्ता छन मापदण्ड

काठमाडौँ:राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ उम्मेदवारी आह्वान गरेको छ। चितवनको सौराहामा सम्पन्न दुईदिने विस्तारित बैठकले उम्मेदवार छनोटका लागि रूपरेखा तयार गर्दै आजैदेखि आवेदन खुला गर्ने निर्णय गरेको हो। बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता मनिष झाका अनुसार सहमहामन्त्री विपिन कुमार आचार्यले तयार पारेको रूपरेखा अनुसार […]

राजनीति

४० महिनामै ७४ जिल्लामा फैलियो रास्वपा

काठमाडौँ :स्थापना भएको छोटो अवधिमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशभर सशक्त राजनीतिक शक्ति बनेको छ। पार्टी स्थापना भएको ४० महिना मै रास्वपाले देशका ७४ जिल्लामा आफ्नो संगठन विस्तार गरेको जनाएको छ। चितवनको सौराहामा जारी पार्टीको विस्तारित बैठकमा कार्यवाहक सभापति डिपी अर्यालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन अनुसार रास्वपाको सदस्य संख्या अहिले ३ लाख पुगेको छ। कुल […]

समाचार

मङ्सिर १ देखि सर्वोच्च अदालत पूर्णरूपमा सञ्चालन हुने

काठमाडौँ:भदौ २४ गतेको आन्दोलनका क्रममा सर्वोच्च अदालतमा भएको आगजनी र तोडफोडपछि आशिंक रूपमा सेवा दिइरहेको सर्वोच्च अदालत अब मङ्सिर १ गतेदेखि पूर्णरूपमा सञ्चालनमा आउने भएको छ। सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण बैठकले आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटबाट बचेका सबै मुद्दा र अवरुद्ध सेवाहरूलाई पुनः नियमित गर्ने निर्णय गरेको हो। अदालतले जारी गरेको सूचनामा भनिएको छ, […]