समाचार

समाचार

रास्वपाको समानुपातिक सूची तयार, ४८ महिला र ९ पुरुष

काठमाडौ। रास्वपाले समानुपातिकतर्फको उम्मेदवार सूची तयार पारेको छ। आइतबार बसेको सचिवालय बैठकले ४८ महिला र ९ पुरुष गरी कुल ५७ जनाको नाम प्रस्ताव गरेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिएका छन्। उनका अनुसार प्रस्तावित सूचीमा विभिन्न समुदायबाट प्रतिनिधित्व सुनिश्चित गरिएको छ। जसअनुसार खस-आर्य समूहबाट १७ जना, आदिवासी जनजातिबाट १६ जना, मधेसी समुदायबाट ९ जना, दलित […]

समाचार

इनिसा विक मृत्यु प्रकरणः फरेन्सिक प्रतिवेदनको प्रतीक्षामा प्रहरी

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी १६ वर्षीया इनिसा विकको मृत्यु घटनाबारे प्रहरीले फरेन्सिक प्रतिवेदन पर्खिरहेको जनाएको छ। घटनामा बलात्कारपछि हत्या भएको आशंकामा अनुसन्धान अघि बढाइएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाका अनुसार घटनासँग जोडिएका तीन बालकलाई नियन्त्रणमा लिएर सोधपुछ र थप अनुसन्धान भइरहेको […]

समाचार

एमालेले टुंग्यायो समानुपातिक सांसदका १६ नाम

काठमाडौ। नेकपा एमालेले समानुपातिक तर्फका सांसदहरूको नाम टुंगो लगाएको छ। शनिबार भक्तपुरको गुण्डुमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले समानुपातिक सांसदका लागि १६ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो। पार्टीले बन्दसूचीमा रहेका उम्मेदवारहरू मध्ये बाट विभिन्न क्लस्टरका आधारमा नाम छनोट गरेको जनाएको छ। उपमहासचिव लेखराज भट्टका अनुसार आदिवासी/जनजाति क्लस्टर बाट चार […]

समाचार

समानुपातिक तर्फ पनि रास्वपाको दबदबा, ५७ सीट, अरुको के कति ?

काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको समानुपातिक प्रणाली तर्फ दलहरूले पाउने सीट सङ्ख्या सार्वजनिक गरेको छ। कुल सदर मत मध्ये तीन प्रतिशत थ्रेसहोल्ड कटाएका छ वटा दल बीच ११० सीट बाँडफाँट गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। सार्वजनिक नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा ठूलो दल बनेको छ। रास्वपाले ५१ लाख ८३ हजारभन्दा बढी मत […]

समाचार

धनुषा-१ का उम्मेदवार किशोरी साहको पक्षमा सर्वोच्चको आदेश

काठमाडौ। सर्वोच्च अदालतले किशोरी साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश दिएको छ। कर्जा सूचना केन्द्र ले कालोसूचीमा राखेपछि निर्वाचन आयोग नेपाल ले धनुषा-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार साहको उम्मेदवारी खारेज गरेको थियो। अदालतको आदेशपछि उनको उम्मेदवारी कायम रहने बाटो खुलेको छ। तर त्यो क्षेत्रमा भने नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार मात्रिका यादव निर्वाचित भइसकेका […]

समाचार

रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण, १० लाखभन्दा कम खर्च

काठमाडौ। चितवन-२ बाट प्रतिनिधि सभामा निर्वाचित रवि लामिछानेले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन्। उनले चुनावमा कुल ९ लाख ८९ हजार ९ सय ८७ रुपैयाँ खर्च भएको बताएका छन्। उम्मेदवारी दर्तामा १० हजार रुपैयाँ, नमूना मतपत्र छपाइमा ६८ हजार १ सय ६१ रुपैयाँ र यातायात तथा इन्धनमा २ लाख ९५ हजार रुपैयाँ खर्च भएको […]

समाज

यस्तो छ आजका लागि फलफूल र तरकारीको थोक मूल्य

काठमाडौँ। काठमाडौ स्थित कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। गोलभेँडा ठूलो (भारतीय) रु ७०, गोलभेँडा सानो (लोकल) रु ४५, आलु रातो रु २२ र प्याज सुकेको (भारतीय) रु ३६ प्रतिकिलो तोकिएको छ। त्यसैगरी गाजर (लोकल) रु ५०, बन्दा (लोकल) रु ३५, काउली रु ३५, सेतो […]

समाचार

सुदूरपश्चिममा रास्वपाको उदय : समानुपातिक मतमा पहिलो शक्ति

धनगढी। सुदूरपश्चिम प्रदेशमा प्रत्यक्षतर्फ सबैभन्दा बढी सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिक तर्फ पनि पहिलो शक्ति बनेको छ। यसपटक प्रदेशका मतदाताले नयाँ राजनीतिक शक्तिका रूपमा रास्वपालाई पहिलो रोजाइ दिएको देखिएको छ। समानुपातिक मतको तथ्यांकअनुसार रास्वपाले ३ लाख १७ हजार ८३६ मत प्राप्त गर्दै प्रदेश मै पहिलो स्थान हासिल गरेको छ। नेपाली कांग्रेस १ लाख […]

समाचार

रवि लामिछाने र बालेन शाहसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन वार्ता

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रवि लामिछाने र बालेन्द्र शाहसँग टेलिफोन वार्ता गरेका छन्। मोदीले सामाजिक सञ्जाल मार्फत आफूले लामिछाने र शाहसँग छुट्टाछुट्टै संवाद गरेको जानकारी दिएका हुन्। उनले नेपालमा सम्पन्न हालैको निर्वाचनमा लामिछानेको विजय तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उल्लेखनीय सफलता प्रति बधाई व्यक्त गरेका छन्। वार्ताका क्रममा मोदीले दुवै नेतालाई नयाँ सरकार गठनका […]

समाचार

झापा-५ बाट निर्वाचित बालेन शाहले बुझाए चुनावी खर्च विवरण

काठमाडौं। रास्वपाका वरिष्ठ नेता बालेन शाहले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन्। झापा-५ बाट निर्वाचित शाहले सोमबार आयोगमा कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको विवरण पेश गरेका हुन्। आयोगमा बुझाइएको विवरण अनुसार साहले सवारी साधन भाडामा २ लाख ९३ हजार ५०० रुपैयाँ खर्च गरेका छन् भने हवाई भाडामा ३५ हजार रुपैयाँ […]