काठमाडौ। इरानको दक्षिणी क्षेत्र मिनाबमा रहेको एक विद्यालयमा भएको आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको इरानी गभर्नरले दाबी गरेका छन्। इरानी सरकारी समाचार संस्था आइआरएनएका अनुसार अमेरिका-इजरायलद्वारा गरिएको भनिएको उक्त आक्रमणमा मिनाब स्थित प्राथमिक तहको एक छात्रा विद्यालय निसाना बनेको थियो। आक्रमणपछि मृतक संख्या बढेर ४० पुगेको जनाइएको छ। यसअघि स्थानीय अधिकारी तथा प्रान्तीय सञ्चार […]
समाचार
जेनजी आन्दोलन सम्बन्धी बीबीसी डकुमेन्ट्री हटाउन आग्रह, निर्वाचन आयोगको प्रेस काउन्सिललाई पत्र
काठमाडौ। निर्वाचन आयोगले भदौ २३ र २४ गते भएको “जेनजी आन्दोलन” सम्बन्धी BBC द्वारा प्रकाशित डकुमेन्ट्री हटाउन आग्रह गर्दै प्रेस काउन्सिल नेपाललाई पत्राचार गरेको छ। आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन नजिकिदै गर्दा उक्त सामग्रीले निर्वाचन आचारसंहिता, शान्ति, सुरक्षा र निर्वाचन वातावरणमा असर पार्न सक्ने ठहर गरेको छ। बीबीसी आई इन्भेस्टिगेसनले “Shot Like Enemies” शीर्षकमा करिब ४२ […]
फागुन २१ को निर्वाचनका लागि आयोगका कडा निर्णय, प्रचार, मदिरा र सवारीमा प्रतिबन्ध
काठमाडौ। निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनलाई मर्यादित, शान्त र निष्पक्ष रूपमा सम्पन्न गर्न विभिन्न निर्णयहरू सार्वजनिक गरेको छ। आयोगले ती निर्णयहरू कार्यान्वयन गर्न नेपाल सरकारलाई आवश्यक सहजीकरण गर्न अनुरोध समेत गरेको छ। आयोगका अनुसार फागुन १८ गते राति १२ बजे पछि कुनै पनि प्रकारको निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन। मौन अवधि सुरु भए […]
सामाजिक सञ्जालमा गलत सूचना लाइक, शेयर वा फरवार्ड गर्नु पनि अपराध : नेपाल प्रहरी
काठमाडौ। नेपाल प्रहरीले सामाजिक सञ्जाल प्रयोगकर्तालाई गलत सूचना प्रति सचेत रहन आग्रह गरेको छ। प्रहरीले सार्वजनिक गरेको सूचनामा सामाजिक सञ्जालमा भ्रामक वा गलत सामग्री पोस्ट गर्ने मात्र होइन त्यसमा लाइक, शेयर वा फरवार्ड गर्ने व्यक्ति समेत कानुनी कारबाहीको दायरामा पर्ने जनाएको छ। प्रहरीका अनुसार पछिल्लो समय पुराना वा भ्रामक भिडिओलाई नयाँ घटना भन्दै पुनः प्रसारण […]
सावित्रा भण्डारीको उपचार कोष लक्ष्य पूरा भएपछि थप सहयोग रोक्न समर्थकहरूसँग औपचारिक अनुरोध
नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) ले सामाजिक सञ्जालमार्फत आफ्नो घुँडाको गम्भीर चोटको उपचारका लागि आवश्यक धनराशी एकैछिनभित्रै जुटेको घोषणा गरेकी छन्। उनले देश तथा विदेशका शुभचिन्तक, संस्थागत पक्ष र समर्थकहरूसँग प्राप्त करिब १ करोड रुपैयाँ नेपाली बैंक खातामा र ४५ लाख रुपैयाँभन्दा बढी विदेशी प्ल्याटफर्ममार्फत संकलित भएको जानकारी दिइन् । उक्त रकमले […]
विकास र सुशासनको एजेन्डासहित झापा-५ बाट बालेन्द्र शाहको चुनावी बाचापत्र सार्वजनिक
झापा। प्रतिनिधि सभा निर्वाचन अन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका बालेन्द्र शाह (बालेन) ले आफ्नो चुनावी बाचापत्र सार्वजनिक गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता समेत रहेका शाहले झापा-५ को समग्र विकास र शासन प्रणालीमा सुधार ल्याउने लक्ष्य सहित महत्वाकांक्षी एजेन्डा अघि सारेका छन्। उनको बाचापत्रमा शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार […]
जुम्ला, बाइरामा पानी माग्दै मतदाता, भोट माग्दै उम्मेदवार
जुम्ला। बाइराँका गाउँमा चुनाव आउँछ उम्मेदवार आउँछन बाचा दोहोरिन्छ तर पानी भने उस्तै अभाव मै अड्किएको छ। जुम्ला तातोपानी-१ अन्तर्गतको बाइराँका गाउँका बासिन्दा दशकौ देखि स्वच्छ खानेपानीको माग गर्दै आएका छन् तर हरेक निर्वाचन पछि उनीहरूको आशा फेरि निराशामा बदलिने गरेको छ। २०६४ सालदेखि हरेक चुनावमा खानेपानी आयोजना बनाइ दिनुपर्ने माग उठाउँदै आएका करण शाही […]
असुरक्षित छ एसएमएसमा आधारित टु फ्याक्टर अथेन्टिकेसन, अनलाइन अकाउन्ट सुरक्षित राख्न के गर्ने ?
काठमाडौँ । आजको डिजिटल युगमा अनलाइन अकाउन्टहरूको सुरक्षाका लागि ‘टु-फ्याक्टर अथेन्टिकेसन’ (2FA) अनिवार्य जस्तै बनेको छ । तर यसका लागि प्रयोग गरिने सबैभन्दा लोकप्रिय र सहज माध्यम एसएमएस सबैभन्दा असुरक्षित साबित भएको छ । एसएमएसमा आधारित टुएफए (2FA) मा गम्भीर सुरक्षा त्रुटिहरू छन्, जसले प्रयोगकर्ताको अकाउन्टलाई जोखिममा पारिरहेको छ । एसएमएसको सबैभन्दा ठुलो प्राविधिक कमजोरी […]
राजसंस्था र हिन्दु राष्ट्रको एजेन्डा सहित राप्रपाको चुनावी घोषणापत्र सार्वजनिक
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले शनिबार आयोजित कार्यक्रममा घोषणापत्र सार्वजनिक गर्दै शासकीय स्वरूपमा आमूल परिवर्तनको प्रस्ताव अघि सारेका छन। घोषणापत्रमा राजसंस्था पुनर्स्थापना, प्रदेश संरचना खारेज गरी केन्द्र र स्थानीय तहसहित दुई तहको शासन व्यवस्था कायम गर्ने तथा हिन्दु राष्ट्र स्थापना गर्ने एजेन्डा समेटिएको […]
लामिछाने: भागेको हेलिकप्टर फेरि सिंहदरबार र बालुवाटारमा अवतरण गरे लोकतन्त्रलाई खतरा हुने
काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यसपटकको निर्वाचनलाई मत क्रान्तिको रूपमा लिन मतदातालाई आह्वान गरेका छन्। शुक्रबार अर्घाखाँचीको सन्धिखर्कमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले यो निर्वाचन सामान्य परिस्थिति नभएको, फागुन २१ लाई इतिहास लेख्ने दिन भन्दै उनले जनमतको मूल्य कहिल्यै खेर नजाने बताएका छन। नयाँ शक्तिबाट देशलाई खतरा भएको भन्ने हल्लाको प्रतिवाद गर्दै उनले […]










