समाचार

रास्वपाको समानुपातिक सूची तयार, ४८ महिला र ९ पुरुष

काठमाडौ। रास्वपाले समानुपातिकतर्फको उम्मेदवार सूची तयार पारेको छ। आइतबार बसेको सचिवालय बैठकले ४८ महिला र ९ पुरुष गरी कुल ५७ जनाको नाम प्रस्ताव गरेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

उनका अनुसार प्रस्तावित सूचीमा विभिन्न समुदायबाट प्रतिनिधित्व सुनिश्चित गरिएको छ। जसअनुसार खस-आर्य समूहबाट १७ जना, आदिवासी जनजातिबाट १६ जना, मधेसी समुदायबाट ९ जना, दलित समुदायबाट ८ जना, थारु समुदायबाट ४ जना तथा मुस्लिम समुदायबाट ३ जनाको नाम समेटिएको छ।

हालसम्म कुन क्लस्टरबाट को-को परेका छन् भन्ने विवरण भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक गरेको छैन। पार्टीका अनुसार निर्वाचन आयोगले नामावली रुजु गरेर स्वीकृति दिए पछि मात्रै उम्मेदवारहरूको विस्तृत सूची सार्वजनिक गरिने प्रवक्ता मनिष झाले बताउनु भएको छ।

सेयर गर्नुहोस् :