काठमाडौ। गनेश पौडेल लाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनाएको छ। पौडेल कास्की-१ बाट निर्वाचित सांसद हुन।
सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी १६ वर्षीया इनिसा विकको मृत्यु घटनाबारे प्रहरीले फरेन्सिक प्रतिवेदन पर्खिरहेको जनाएको छ। घटनामा बलात्कारपछि हत्या भएको आशंकामा अनुसन्धान अघि बढाइएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाका अनुसार घटनासँग जोडिएका तीन बालकलाई नियन्त्रणमा लिएर सोधपुछ र थप अनुसन्धान भइरहेको […]
बाजुरा : लगातारको वर्षापछि हिमाली गाउँपालिका -१, बिच्छ्याको बाम खोलामा आएको भीषण बाढीले स्थानीय बस्ती, खेतीयोग्य जमिन, पुल, विद्यालय र जलविद्युत आयोजना लगायतका संरचनामा व्यापक क्षति पुर्याएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बुधबार रातिदेखि पानीको सतह असामान्य रूपमा बढ्दा खोला किनारका घरहरू र खेतबारी बगाएका छन्। स्थानीय साजन थापाले बाढीले विशेषगरी खोला किनारको बस्ती, […]
काठमाडौ। नेपाली कांग्रेसकी नेतृ विद्यादेवी तिमिल्सेनाले समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित नगरिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी छन्। उनको रिट आउँदो चैत २५ गते प्रारम्भिक सुनुवाइका लागि संवैधानिक इजलासमा पेसी तोकिएको छ। समानुपातिक सूचीमा खस आर्य महिला क्लस्टरबाट पहिलो सूचीमा रहेकी तिमिल्सेनालाई हटाएर पुरुषबाट सूचीको सातौँ नम्बरमा रहेका कालिबहादुर सहकारीलाई […]