काठमाडौ। सिता वादी रास्वपा नेतृत्वको सरकारमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बन्ने भएकी छिन्। सुर्खेतकी वादी समानुपातिक सांसद हुन् र वादी समुदायबाट मन्त्री बन्ने पहिलो व्यक्ति बन्ने इतिहास पनि बनाउँदै छिन्।
काठमाडौं। विवादका कारण युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको आगामी माघ ३ गतेको अमेरिका भ्रमण रद्द भएको छ। स्वकीय सचिव विनोद रिमालका अनुसार भिसा तथा अन्य प्रक्रिया पूरा गर्न समय नपुगेकाले भ्रमण तत्कालका लागि स्थगित गरिएको हो। मन्त्रिपरिषदले अमेरिकामा आयोजना हुने ‘रोल अफ युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोलुसन’ कार्यक्रममा सहभागी हुन […]
काठमाडौं : नेपाली लेखक संघले नेपालभित्र दर्ता भएका सवारीसाधनमा जडान गरिने इम्बोस्ड नम्बर प्लेट अंग्रेजी भाषामा राख्ने सरकारी निर्णयको विरोध गर्दै नेपाली भाषामा नै राख्नुपर्ने माग गरेको छ। बुधबार जारी विज्ञप्तिमा संघका अध्यक्ष वियोगी बुढाथोकीले अंग्रेजी नम्बर प्लेट प्रयोग गर्नु नेपाली भाषाको अवमूल्यन भएको आरोप लगाएका छन्। विज्ञप्तिमा भनिएको छ, “नेपालभित्र दर्ता भएका सवारीसाधनमा इम्बोस्ड […]
सिरहा। धनुषा सीमा क्षेत्रमा पर्ने कमला नदी माथि निर्माणाधीन पुल लामो समय सम्म अलपत्र पर्दा स्थानीयवासीले निरन्तर सास्ती खेपिरहेका छन्। हुलाकी राजमार्ग अन्तर्गत पर्ने उक्त पुल निर्माणका लागि २०६८ सालमै ठेक्का सम्झौता भएको भए पनि झण्डै डेढ दशक बितिसक्दा समेत काम सम्पन्न हुन सकेको छैन। करिब ४६९ मिटर लामो उक्त पुल साढे तीन वर्षभित्र निर्माण […]