काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बिहान ११ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्दैछ।
बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा–२०८३ अनुमोदन, ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण, केन्द्रीय समिति तथा पदाधिकारी मनोनयनलगायत विषयमा छलफल हुने कार्यसूची छ।
त्यस्तै विभागीय प्रमुख तथा सचिवालय सदस्य मनोनयन, स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति गठन, उम्मेदवार छनोटसम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन र पार्टीको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ मासिक डिजिटल पत्रिका प्रकाशन बारे पनि छलफल हुने जनाइएको छ।




