काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ ।
बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठनका विषयमा छलफल हुने बताइएको छ । साथै, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन लगायत समसामयिक विषयमा पनि छलफल हुने रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् ।
बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।




