समाचार

जेन्जी उमेर समूहका सांसदसँग प्रधानमन्त्री बालेनको अन्तरक्रिया

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले जेन्जी उमेर समूहका सांसदहरूसँग अन्तरक्रिया सुरु गरेका छन्।

सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित अन्तरक्रियामा नवीनतम प्रविधि, डिजिटल सुशासन, युवा स्वरोजगार तथा स्टार्टअप नीतिका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

त्यस्तै, प्राविधिक शिक्षाको विस्तार, सर्वसुलभ स्वास्थ्य सेवा तथा वातावरणीय सन्तुलन कायम गर्दै दिगो विकास अघि बढाउने विषयसमेत छलफलको प्राथमिकतामा रहेको सचिवालयले जनाएको छ।

सेयर गर्नुहोस् :