समाचार

प्रधानमन्त्री राहत कोषमा करिब १५ अर्ब मौज्दात

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा करिब १५ अर्ब रुपैयाँ मौज्दात रहेको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि संकलित सहयोग पछि कोषमा रकम बढेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सोमबारसम्म कोषमा १४ अर्ब ८८ करोड ९० लाख ३८ हजार ८७१ रुपैयाँ मौज्दात रहेको छ। सरकारले यस अघि बाढी प्रभावित क्षेत्रका लागि यही कोषबाट एक अर्ब रुपैयाँ निकासा गरिसकेको छ।

कार्यालयका अनुसार नौ वटा वाणिज्य बैंकमा रहेको खातामा ११ अर्ब १४ करोड २० लाख ५० हजार ९४७ रुपैयाँ रहेको छ। यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको अमेरिकी डलर खातामा २ करोड ४४ लाख ७४ हजार १२१ अमेरिकी डलर मौज्दात रहेको कार्यालयले जनाएको छ।

सेयर गर्नुहोस् :