काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा १५औँ महाधिवेशनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका छन्।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा भने झापा क्षेत्र नम्बर १ बाट मतदानमार्फत महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्। शर्माले ६३८ मत प्राप्त गरेका हुन्। उक्त क्षेत्रमा महाधिवेशन प्रतिनिधिका लागि ७१० मतदाता थिए।
कांग्रेसको १५औँ महाधिवेशन असोज १६ गते गर्ने कार्यतालिका रहे पनि बाढीपहिरोका कारण केही दिन पछि सार्ने तयारी भइरहेको छ। यसैबीच संस्थापनइतर शेरबहादुर देउवा समूहले पनि छुट्टै महाधिवेशनको तयारी अघि बढाएको छ।




