काठमाडौ। नेपाली काङ्ग्रेसका एक कार्यकर्ता ५ लाख रुपैयाँ सहित पक्राउ परेका छन्।
मुस्ताङबाट लोमान्थाङ गाउँपालिकाको चराङ क्षेत्रमा रकम वितरण गर्न लगिदै गरेको अवस्थामा प्रहरीले ती कार्यकर्तालाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ पर्नेमा लोमान्थाङ-५ का पूर्व वडाध्यक्ष रहेको बताइएको छ।
प्रहरीका अनुसार ग १ च ६५७४ नम्बरको गाडीबाट ५ लाख रुपैयाँ नगद तथा पार्टीका झण्डा लगायतका सामग्री बरामद गरिएको हो। मौन अवधिका बेला उक्त गाडी लोमान्थाङ तर्फ जाँदै गरेको अवस्थामा चराङ स्थित सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
गाडीमा कांग्रेसको झण्डा भित्र लुकाएर रकम राखिएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ। घटना बारे थप अनुसन्धान भइरहेको जनाइएको छ।





