बाजुरा। बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाको भवन निर्माण ठेक्कामा भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन मेयर दीपकविक्रम शाहसहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। मुद्दा दर्ता हुनेमा तत्कालीन मेयर दीपकविक्रम शाह, तत्कालीन प्रशासकीय अधिकृत प्रेमकाजी महर्जन, नरेन्द्र नाथ, इन्जिनियर पारस खाती, सबइन्जिनियर गणेशराज रेग्मी, भिमराज गिरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत कल्पनाकुमारी ठकुल्ला, […]
काठमाडौ। नेपाल विद्यार्थी संघ (नेविसंघ)ले अब नेपाली कांग्रेसको भ्रातृ संगठन नरहने निर्णय गरेको छ। शुक्रबार बसेको नेविसंघको सिनेट बैठकले संगठनलाई पूर्ण रूपमा स्वायत्त बनाउने निष्कर्ष निकालेको हो। बैठक पछि प्रवक्ता सुरज सेजुवालले पार्टीको प्रत्यक्ष निर्देशनमा चल्नुपर्ने बाध्यताले विद्यार्थी आन्दोलन प्रभावकारी बन्न नसकेको बताए। उनका अनुसार अब नेविसंघले स्वतन्त्र रूपमा आफ्ना कार्यक्रम र गतिविधि सञ्चालन गर्नेछ। […]
काठमाडौं : वैदेशिक रोजगारीका नाममा कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक महिला ललितपुरमा पक्राउ परेकी छिन्। काठमाडौं महानगरपालिका – १ नक्साल बस्ने ताप्लेजुङ सिरीजङ्घा गाउँपालिका -१ घर भएकी ३८ वर्षीया साहारा सुव्वा (थेवे)लाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार ललितपुर महानगरपालिका -२८ हरिसिद्धिबाट नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उनले हालसम्म ९ जनाबाट एक […]