यो वेबसाइट बुलबुल मिडिया नेटवर्क आधिकारिको समाचार पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै बुलबुल खबर अनलाईन पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
समाचार

नख्खु जेलमा रहेका रवि लामिछाने अस्वस्थ

काठमाडौं :राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अस्वस्थ भएका छन्। हालै मात्र ललितपुरको नख्खु जेलमा सारिएका उनी सोमबार अस्वस्थ भएपछि वीर अस्पतालको ट्रमा सेन्टरबाट चिकित्सक टोली जेलमै पुगेर स्वास्थ्य परीक्षण गरेको छ। रास्वपाका कार्यवाहक सभापति डोरप्रसाद अर्यालका अनुसार लामिछानेलाई लामो समय अँध्यारो कोठामा बस्नुपर्ने अवस्थाले स्वास्थ्यमा असर पर्न सक्ने अनुमान गरिएको छ। “रगत परीक्षण […]

राजनीति

दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन्। दुई साताअघि मात्र डिल्लीबजार कारागारबाट रिहा भएका प्रसाईंले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टी निर्माणको तयारी सुरु भएको जानकारी दिए। प्रसाईंका अनुसार आफूले विगतमा अभियान चलाउँदा सरकारी अवरोध तथा व्यक्तिगत गतिविधिमा नाकाबन्दीका जस्ता व्यवहार सहनु परेको थियो। “राजनीतिक चेत भएका सफल […]

खेलकुद

टप एण्ड टी–२० सिरिज नेपाललाई मेलबर्न स्टार्सले १७६ रनकाे लक्ष्य

अस्ट्रेलिया:अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजमा नेपालले लगातार तेस्रो खेलमा पनि बलियो लक्ष्य पाएको छ। मेलबर्न स्टार्स एकेडेमीले नेपाललाई जितका लागि १७६ रनको चुनौती दिएको हो। टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्नले २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन जोड्यो। टोलीका लागि ब्लेक म्याकडोनाल्डले ७४ तथा थोमस रोजर्सले ६५ रनको प्रभावशाली योगदान दिए। […]

खेलकुद

टप एन्ड टी–२० सिरिज : नेपाल सोमबार मेलबर्न स्टार्ससँग खेल्दै

काठमाडौं : अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले सोमबार आफ्नो तेस्रो खेल खेल्दैछ। डार्विनस्थित TIO स्टेडियममा हुने खेल नेपाली समयअनुसार ७:१५ बजे सुरु हुनेछ। यसअघि नेपालले खेलेका दुवै खेलमा पराजय बेहोरेको छ। पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको नेपाल दोस्रो खेलमा बंगलादेश एसँग ३२ रनले पराजय भएकाे थियो। लगातार दुई […]

स्वास्थ्य / जीवनशैली

जीवनमा ६ पटक मात्र डिम्बदान गर्न पाइने

काठमाडौं : किशोरीलाई आर्थिक प्रलोभनमा पारी डिम्ब बेचबिखन भइरहेका घटना सार्वजनिक भएपछि सरकारले पहिलोपटक निःसन्तान उपचार सेवाका लागि कानुनी मापदण्ड ल्याएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘निःसन्तान व्यवस्थापन सेवा सञ्चालनसम्बन्धी मापदण्ड २०८२’ स्वीकृत गर्दै आईयूआई र आईभीएफ सेवा सञ्चालनमा कडाइ गर्ने भएको हो। नयाँ नियमअनुसार, महिलाले जीवनमा अधिकतम ६ पटक मात्र डिम्बदान गर्न पाउनेछन्। हरेक […]

अर्थतन्त्र

नेपाल टेलिकमको नाफा ५७ प्रतिशतले घट्यो

काठमाडौं : मुलुकको अग्रणी दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको नाफा गत आर्थिक वर्षमा ठूलो मात्रामा घटेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार, खुद नाफा करिब ५७ प्रतिशत घटेर जम्मा २ अर्ब ६६ करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्षमा टेलिकमले ६ अर्ब २३ करोड नाफा कमाएको थियो। नाफा घट्नाको मुख्य कारण टेलिकमको वित्तीय […]

अन्तराष्ट्रिय

जेलेन्स्कीको आरोप : “रुसले युद्ध अन्त्यलाई अझै जटिल बनाउँदै”

काठमाडौँ : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युद्धविराम अस्वीकार गरेर शान्ति प्रक्रियालाई जटिल बनाइरहेको आरोप लगाएका छन्। सामाजिक सञ्जाल एक्स मा लेख्दै उनले भने, “युद्धविरामको लागि धेरै देशले आह्वान गरेका छन्, तर रुसले सुन्ने मनस्थिति नै देखाएको छैन। मान्छे मार्ने काम कहिले रोकिने भन्ने उसले अझै निर्णय गरेको छैन।” यसैबीच जेलेन्स्की सोमबार वाशिङ्टन डिसी पुग्दैछन्। […]

समाचार

टप एन्ड टी-२० : बंगलादेश ‘ए’ले नेपाललाई १८७ रनको चुनौती

डार्विन (अस्ट्रेलिया) : टप एन्ड टी-२० शृंखलाको खेलमा बंगलादेश ‘ए’ले नेपाललाई १८७ रनको लक्ष्य प्रस्तुत गरेको छ। शनिबार मरारा क्रिकेट ग्राउण्ड -२ मा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८६ रन जोड्यो। बंगलादेशका जिसन आलमले उत्कृष्ट प्रदर्शन गर्दै ४६ बलमा ७३ रनको पारी खेले। उनले पाँच छक्का र चार […]

राजनीति

‘मंगलग्रह लगे पनि डराउँदिनँ’ – रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई राजनीतिक प्रतिशोधका नाममा जहाँसुकै लैजाँदा पनि नडराउने दृढता व्यक्त गरेका छन्। शनिबार रुपन्देही कारागारबाट काठमाडौं स्थानान्तरण हुँदै गर्दा भैरहवा विमानस्थलमा भएको छोटो भेटमा उनले आफ्नो उच्च मनोबल झल्काउँदै यस्तो प्रतिक्रिया दिएका हुन्। रास्वपाका प्रवक्ता मनिष झाले लामिछानेको भनाइ उद्धृत गर्दै भने, “राजनीतिक प्रतिशोधले यिनीहरूले मंगलग्रह […]

समाचार

रवि लामिछानेको कारागार सरुवा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भैरहवा कारागारबाट ललितपुरको नख्खु कारागारमा सारिने भएको छ। कारागार विभागले हिजोमात्रै सरुवासम्बन्धी निर्णय गर्दै कार्यान्वयनका लागि पत्र पठाएको थियो। त्यसैअनुसार आज दिउँसो उनलाई विमानमार्ग हुँदै काठमाडौं ल्याइँदैछ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली अहिले भैरहवा कारागार पुगेर लामिछानेलाई लिन तयारी अवस्थामा छ। दिउँसो ३ बजेर […]