काठमाडौं : प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानालाई अमेरिकाको बोस्टन सिटी काउन्सिलले सामाजिक न्याय र कैदीबन्दीका बालबालिकाको हितमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको छ। बिहीबार आयोजित समारोहमा काउन्सिल एडलार्ज एरिन मर्फीले रानालाई सम्मानपत्र प्रदान गरेका हुन्। काउन्सिलका अनुसार रानाले दुई हजारभन्दा बढी बालबालिकाको जीवनमा शिक्षा, आश्रय र उज्यालो भविष्यको अवसर दिलाउँदै सकारात्मक परिवर्तन ल्याएकी छिन्। कार्यक्रममा […]
Author: बुलबुल खबर
२०६६ माघ २८ अघि जोतभोग र बसोबास गरेकाले जग्गा पाउने
काठमाडौं : संसदीय समितिले २०६६ साल माघ २८ गते अघि जोतभोग र बसोबास गर्दै आएका व्यक्तिलाई सोही जग्गा पाउने व्यवस्था गरेको भूमिसम्बन्धी ऐन संशोधन विधेयक पारित गरेको छ। समितिले पारित गरेको प्रतिवेदनअनुसार अभिलेखमा वन, बुट्यान वा वन क्षेत्र देखिए पनि उक्त मिति अघि आबाद कमोतमा रहेका जमिनलाई वन क्षेत्रबाट छुट्याएर नेपाल सरकारको नाममा अद्यावधिक गर्ने […]
करार कर्मचारीलाई पनि महँगी भत्ता दिन सर्वोच्चको परमादेश
काठमाडौं :सर्वोच्च अदालतले करार सेवामा कार्यरत कर्मचारीलाई पनि स्थायी सरह महँगी भत्ता उपलब्ध गराउन सरकारलाई परमादेश जारी गरेको छ। न्यायाधीश हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलको इजलासले सोमबार गरेको आदेशबारे सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिएका हुन्। एकीकृत सरकारी कर्मचारी संगठनका उपाध्यक्ष श्यामप्रसाद सापकोटाले गत असार १६ गते सर्वोच्चमा रिट दायर गर्दै करार कर्मचारीलाई भत्ता […]
कोरिया पठाइदिन्छु भन्दै ९ जनाबाट एक करोड बढी ठगी
काठमाडौं : वैदेशिक रोजगारीका नाममा कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक महिला ललितपुरमा पक्राउ परेकी छिन्। काठमाडौं महानगरपालिका – १ नक्साल बस्ने ताप्लेजुङ सिरीजङ्घा गाउँपालिका -१ घर भएकी ३८ वर्षीया साहारा सुव्वा (थेवे)लाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार ललितपुर महानगरपालिका -२८ हरिसिद्धिबाट नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उनले हालसम्म ९ जनाबाट एक […]
प्रचण्ड : गौर नरसंहारको आदेश माओवादी विरुद्ध लक्षित
पोखरा : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतले गौर नरसंहारसम्बन्धी दिएको परमादेश आफ्नै पार्टीलाई लक्षित भएको दाबी गरेका छन् । पोखरामा आयोजित अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकीको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले आदेश हेर्दा उपेन्द्र यादवमाथि केन्द्रित देखिए पनि वास्तविक उद्देश्य माओवादीलाई कमजोर बनाउने रहेको बताएका हुन्। […]
नपीएल को दोस्रो संस्करण नोभेम्बर १७ देखि
काठमाडौं :नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आउँदो नोभेम्बर १७ देखि सुरु हुने भएको छ। लिग डिसेम्बर १३ सम्म सञ्चालन हुने आयोजकले सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो। यसअघि नै एनपीएलका लागि खेलाडीको मिनी अक्सन सम्पन्न भइसकेको छ। दोस्रो संस्करणमा विभिन्न टिमहरूले घरेलु खेलाडीलाई अनुबन्ध गरिसकेका छन्। एनपीएल २०२५ नेपाल क्रिकेटमा ठूलो आकर्षणका रूपमा हेरिएको […]
विद्यालय शिक्षा विधेयक समितिबाट पारित, अब संसदमा पेश हुने
काठमाडौं : विद्यालय शिक्षा विधेयक अन्ततः संसदीय समितिबाट पारित भएको छ। बिहीबार प्रतिनिधिसभा अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकले लामो विवादपछि विधेयक अनुमोदन गरेको हो। यसअघि विधेयकमा समावेश प्रावधानलाई लिएर सरोकारवालाहरूबीच असहमति कायम हुँदा पारित प्रक्रिया अड्किएको थियो। समितिले पटकपटक उपसमिति गठन गरी प्रतिवेदनसमेत तयार पारे पनि सहमति जुट्न नसकेर विधेयक अघि बढ्न सकेको […]
भारत–चीन सहमतिको बीचमा नेपालको प्रतिक्रिया
काठमाडौं :भारत र चीनबीच लिपुलेक पास हुँदै सीमा व्यापार खोल्ने सहमति भएपछि नेपालले कडा आपत्ति जनाएको छ। परराष्ट्र मन्त्रालयले नेपालको संविधानमा समावेश गरिएको आधिकारिक नक्साअनुसार महाकाली नदीको पूर्वतर्फ पर्ने लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै अभिन्न अंग भएको स्पष्ट गरेको छ। मन्त्रालयले भारतलाई सो क्षेत्रमा सडक विस्तार, निर्माण वा सीमा व्यापारजस्ता कुनै पनि गतिविधि नगर्न बारम्बार […]
गौर हत्याकाण्डमा छानबिन अघि बढाउन सर्वोच्चको परमादेश, उपेन्द्र यादवसमेत अनुसन्धानको दायरामा
काठमाडौं : करिब दुई दशकअघि रौतहटको गौरमा भएको २७ जनाको ज्यान जाने घटनामा छानबिन अघि बढाउन सर्वोच्च अदालतले परमादेश जारी गरेको छ। यस आदेशसँगै जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसहित जाहेरीमा नाम रहेका व्यक्तिहरूमाथि अब औपचारिक अनुसन्धान हुने भएको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार उक्त आदेश जारी गरेको हो। […]
प्रसाईंको प्रहार लिङ्देन माथि ‘भारतबाट गाडी चोरेर ल्याउने तिमी
काठमाडौं : मेडिकल व्यवसायी तथा हालै राजनीतिक दल खोल्ने घोषणा गरेका दुर्गा प्रसाईंले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनमाथि तीव्र प्रहार गरेका छन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले लिङ्देनप्रति लक्षित गर्दै भने, “तिमीजस्तो भारतबाट गाडी चोरेर ल्याएर बेच्ने सन्तान म होइन।” चैत १५ गते तीनकुनेमा राजसंस्था पुनर्स्थापनाको आन्दोलन हिंसात्मक बनेपछि आफूलाई दोष थोपरेको भन्दै प्रसाईंले लिङ्देनलगायत […]










