काठमाडौं : गृहमन्त्री रमेश लेखकले नेपालको सीमाना विषयमा सरकार स्पष्ट रहेको बताएका छन्। उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि भएकाले यसमा छिमेकी राष्ट्रहरूले चित्त दुखाउन नपर्ने बताएका हुन्। वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “हामीले हाम्रो भूमिलाई हाम्रो भनेर बोल्दा भारत वा चीनसँग सम्बन्ध बिग्रिनुपर्ने कुनै कारण छैन। त्यो भूमि नेपालको हो भन्ने हाम्रो […]
समाचार
काठमाडौंमा ‘हर्क साम्पाङ जिन्दावाद’ को नारा
काठमाडौ :धरानका मेयर हर्क साम्पाङ राईलाई काठमाडौंमा स्वागत गर्ने क्रममा समर्थकहरूले उठाएको नाराले उनलाई भावुक बनाएको छ। आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेबित्तिकै साम्पाङको पक्षमा ‘हर्क साम्पाङ जिन्दावाद’ भनेर नाराबाजी गरिएको थियो। अकस्मात् सुटुक्क घन्किएको त्यो नारा आफैँले पनि कल्पना नगरेको बताउँदै उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन्। ‘राजधानीमा कुनै दिन “हर्क साम्पाङ जिन्दावाद” […]
सिन्धुपाल्चोककी गंगा सोनाम ‘नेपाल आइडल’ छैटौं सिजनको विजेता
काठमाडौँ : लोकप्रिय गायन रियालिटी शो ‘नेपाल आइडल’को छैटौँ सिजनमा सिन्धुपाल्चोककी गंगा सोनामले विजेता हासिल गरेकी छन्। आइतबार राति ललितपुरमा सम्पन्न भव्य ग्राण्ड फिनालेमा उनले अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि उचालेकी हुन्। कार्यक्रम आयोजकका अनुसार सोनामले विजेताको हैसियतमा २५ लाख रुपैयाँ नगद सहितको पुरस्कार प्राप्त गरेकी छन्। सोही कार्यक्रममा फस्ट रनरअपलाई १० लाख रुपैयाँ […]
आसामसँग नेपाल ‘ए’ पराजित
गुवाहाटी (भारत) : भारतको गुवाहाटीमा जारी पाँच खेलको टी–२० सिरिजको चौथो खेलमा नेपाल ‘ए’ १८ रनले पराजित भएको छ। १७५ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ले २० ओभरमा ९ विकेट गुमाउँदै १५६ रन मात्र बनाउन सक्यो। कप्तान अनिल साहले सर्वाधिक ६७ रन बनाए पनि टोलीलाई जित दिलाउन असफल रहे। बलिङतर्फ आसामका अभिनव चौधरी र अब्दुल कुरेशीले […]
रुपन्देही–३ उपनिर्वाचनमा रास्वपाबाट डा. लेखजंग थापा उम्मेदवार
काठमाडौं :राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही क्षेत्र नं–३ मा हुने उपनिर्वाचनका लागि डा. लेखजंग थापालाई आधिकारिक उम्मेदवारको रूपमा चयन गरेको छ। उम्मेदवार घोषणा भएपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै डा. थापाले यो अवसरलाई ठूलो जिम्मेवारीका रूपमा लिएको बताए। उनले भने, “जनताको आशा आकांक्षालाई न्याय दिने संकल्पका साथ चुनावी यात्रामा अघि बढ्छु।” डा. थापाले उम्मेदवारीलाई व्यक्तिगत अवसर […]
मोदी–जिनपिङ ५० मिनेट भेटवार्ता : सीमा व्यवस्थापन देखि सहकार्य सम्म
काठमाडौं : चीनका राष्ट्रपति सी जिनपिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच चीनको याङजिङ शहरमा आइतबार ५० मिनेट लामो द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ। भेटमा राष्ट्रपति जिनपिङले चीन–भारत सहकार्यलाई अपरिहार्य भन्दै भने, “ड्रयागन र हात्ती सँगसँगै अघि बढ्नुपर्ने आवश्यकता आज झनै बढेको छ। हामी दुई प्राचीन सभ्यता र विश्वका सबैभन्दा धेरै जनसंख्या भएका मुलुक हौं। ग्लोबल […]
आज गौरापर्वको मुख्य दिन : अठ्यावाली पूजासहित दुर्वाष्टमी मनाइँदै
काठमाडौं :सुदूरपश्चिम प्रदेशमा मनाइने प्रमुख चाड गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी (अठ्यावाली) विविध धार्मिक विधिहरूसहित मनाइँदैछ। सोमबार साँझ गौराघरमा भित्र्याइएको गौरालाई आज बिहानैदेखि बर्तालु महिलाहरूले मन्दिरको गौराखला (आँगन)मा लगेर पूजा गर्ने परम्परा छ। पूजाका क्रममा महिलाहरूले फाग (धार्मिक भजन) गाउने र बिरुडा -पाँच थरिका अन्न मिसाएर बनाइने प्रसाद चढाएर गौरादेवीलाई आराधना गर्ने चलन छ। यस […]
चीन भ्रमणमा प्रधानमन्त्री ओली–मोदीबीच भेटवार्ता नहुने
काठमाडौं : चीनको पाँच दिने भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता नहुने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार ओलीको भ्रमण तालिकामा मोदीसँगको औपचारिक भेटवार्ता समावेश छैन। प्रधानमन्त्री ओली शनिबार चीन पुगेका हुन्। उनी तियानजिनमा सुरु भएको २५औं शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुँदैछन्। चीन आगमनकै दिन उनले चिनियाँ […]
रास्वपाले आजै उम्मेदवार टुंग्याउँदै, आकांक्षीहरू लामिछानेलाई भेट्न नख्खु कारागार पुग्दै
रुपन्देही : रुपन्देही–३ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजै उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ। दिउँसो साढे १ बजे बस्ने सचिवालय बैठकपछि उम्मेदवार सार्वजनिक गर्ने पार्टी स्रोतले जनाएको छ। यसअघि सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेलाई भैरहवा कारागारबाट नख्खु सारिएको थियो। पार्टी स्रोतका अनुसार उम्मेदवार आकांक्षीहरू आधिकारिक घोषणा […]
निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ राख्ने सहमति
काठमाडौं :संघीय निजामती सेवा विधेयक, २०८० मा ‘कुलिङ अफ पिरियड’को व्यवस्था राख्ने सहमति जुटेको छ। प्रतिनिधिसभा बाट पारित भएपछि विवादमा परेको यस व्यवस्थालाई शनिबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले अन्ततः समावेश गर्ने निष्कर्षमा पुगेको हो। समितिमा भएको दफावार छलफलपछि निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा वा अवकाश लिएको दुई वर्ष पूरा नगरी संवैधानिक वा सरकारी […]











