काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग पार्टी एकतामा सहमति नहुँदा उज्यालो नेपाल पार्टीले कुलमान घिसिङलाई अध्यक्ष घोषणा गर्ने तयारी गरेको छ। विगतमा दुई पार्टीबीच सहमति भए पनि रास्वपाले धर्मनिरपेक्षता, समावेशिता र भागबन्डा लगायतका विषयमा असहमति देखाएपछि सहकार्य टुटेको छ बताएको छ। सहकार्य टुटेपछि रास्वपाले आकस्मिक सचिवालय बैठक बोलाएको छ भने उज्यालो नेपालको केन्द्रीय कमिटी बैठकले […]
समाचार
सुदूरपश्चिम सबैभन्दा गरिबी दर भएको प्रदेश,अछाम सबै भन्दा अगाडी
काठमाडौं। राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रकाशित प्रतिवेदन अनुसार नेपालमा करिब २०.२७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखाभन्दा तल देखाएको छ। यसमध्ये सहरी क्षेत्रमा १८.३४ प्रतिशत छन भने ग्रामीण क्षेत्रमा २४.६६ प्रतिशत जनसङ्ख्या गरिबीको रेखा मुनि रहेको छन। प्रतिव्यक्ति वार्षिक रु ७२,९०८ भन्दा कम खर्च गर्ने व्यक्तिलाई यस प्रतिवेदनमा गरिबको वर्गमा राखिएको छ। प्रदेशगत विश्लेषण अनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा […]
खेलकुद मन्त्री गुप्ताको अमेरिका भ्रमण रद्द
काठमाडौं। विवादका कारण युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको आगामी माघ ३ गतेको अमेरिका भ्रमण रद्द भएको छ। स्वकीय सचिव विनोद रिमालका अनुसार भिसा तथा अन्य प्रक्रिया पूरा गर्न समय नपुगेकाले भ्रमण तत्कालका लागि स्थगित गरिएको हो। मन्त्रिपरिषदले अमेरिकामा आयोजना हुने ‘रोल अफ युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोलुसन’ कार्यक्रममा सहभागी हुन […]
बाबुको पहिचान नखुलेका सन्तानलाई आमाको नामबाट नागरिकता
काठमाडौं। सरकारले नेपाली नागरिकता नियमावली २०६३ मा चौथो संशोधन गरी राजपत्रमा प्रकाशित गरेपछि बाबुको पहिचान नखुलेका सन्तानले आमाको नामबाट नेपाली नागरिकता लिन पाउने व्यवस्था व्यवहारमा लागू भएको छ। यो भन्दा पहिले प्रायः बाबुको नामबाट मात्र वंशजको नागरिकता दिइँदै आएको थियो। संशोधित नियमावली अनुसार बाबु वा आमामध्ये एकजनाले जन्मको आधारमा नागरिकता पाएको तर अर्कोको मृत्यु भएको […]
अमेरिका भ्रमण भिसामा नेपालीका लागि धरौटी अनिवार्य, २६ जनवरीदेखि लागू
काठमाडौं। अमेरिका भ्रमण गर्ने बी१ / बी२ भिसाका लागि नेपाली नागरिकहरूले अब धरौटी रकम राख्नुपर्ने भएको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार २६ जनवरीदेखि लागू हुने यस नियमअन्तर्गत भिसा आवेदकले ५ हजार, १० हजार वा १५ हजार अमेरिकी डलर धरौटी पेस गर्नुपर्नेछ। भिसा अन्तर्वार्ताका बेला धरौटी रकम तोकिने भए पनि धरौटी राख्दैमा भिसा सुनिश्चित भने हुने […]
रास्वपाको प्रत्यक्ष सांसदका लागि आवेदन खुल्यो, मोबाइल एप बाटै उम्मेदवारी दिन सकिने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ उम्मेदवारीका लागि आवेदन खुलाएको छ। पार्टीको आन्तरिक उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुन इच्छुक उम्मेदवारहरूले पुस २६ गते राति १२ बजेभित्र आवेदन दिन सक्नेछन्। उम्मेदवारी पार्टीको मोबाइल एपमार्फत पेश गर्न सकिने व्यवस्था गरिएको छ। प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ मा हुदैछ।
नेपाली क्रिकेट टोलीको टी–२० विश्वकप २०२६ जर्सी अनलाइनबाट खरिद गर्न सकिने
काठमाडौं। आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपाली क्रिकेट टोलीको नयाँ जर्सी भाटभटेनीको अनलाइन स्टोर bbhco.com.np मार्फत खरिद गर्न सकिने भएको छ। खेलाडी स्तरको जर्सी ३४९९ रुपैयाँमा उपलब्ध छ भने १५९९ रुपैयाँका रेप्लिका जर्सी, ७९९ रुपैयाँका राउन्ड नेक भर्सन र १२९९ रुपैयाँका किड्स रेप्लिका जर्सी बिक्रीमा छन्।
कुलमान घिसिङ, जगदीश खरेल र बब्लु गुप्तासँग प्रधानमन्त्रीको राजीनामा माग
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीहरू कुलमान घिसिङ, जगदीश खरेल र बब्लु गुप्तासँग राजीनामा माग्नुभएको छ। मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले उनीहरू राजनीतिक दलसँग आबद्ध भएपछि सरकारको निष्पक्षता र विश्वसनीयता माथि प्रश्न उठेको भन्दै मार्गप्रशस्त गर्न आग्रह गर्नुभएको हो। वर्तमान सरकार निष्पक्ष निर्वाचन गराउने उद्देश्यका साथ गठन भएकाले मन्त्रीहरू दलगत राजनीतिमा संलग्न हुनु उपयुक्त नहुने प्रधानमन्त्रीको भनाइ छ। […]
खप्तडछान्ना गाउँपालिकाका पूर्वअध्यक्ष रोकाया सहित ६ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
बझाङ। बझाङको खप्तडछान्ना गाउँपालिकामा नक्कली योजना बनाएर रकम भुक्तानी गरेको अभियोगमा गाउँपालिकाका तत्कालीन अध्यक्ष बर्क बहादुर रोकायासहित ६ जना विशेष अदालतबाट दोषी ठहर भएका छन्। सिम्लका घट्ट सिँचाइ कुलो निर्माणका नाममा योजना नै नभएको स्थानमा सम्झौता, अनुगमन र भुक्तानी प्रक्रिया अघि बढाई भ्रष्टाचार गरिएको अदालतको ठहर छ। दोषी ठहर हुनेमा पूर्वअध्यक्ष, वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, […]
यी हुन् रास्वपाले मनोनय गरेको बालेन सहित २६ नयाँ केन्द्रीय सदस्य
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसहित २६ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनयन गरेको छ। पार्टी एकतापछि बसेको दोस्रो बैठकले यो निर्णय गरेको हो। यसअघि आज दिउँसोको बैठकले विवेकशील साझा पार्टीबाट समाहित भएका ७ जनालाई पनि केन्द्रीय सदस्यमा मनोनयन गरेको थियो। यी हुन् मनोनय २६ नयाँ केन्द्रीय सदस्यहरु १) बालेन्द्र […]











