स्वास्थ्य / जीवनशैली

बिहानै हरियो घाँसमा खाली खुट्टा हिड्दा के के फाइदा हुन्छ ?

हालको व्यस्त जीवनशैलीले मानिसहरू तनाव र थकानले ग्रस्त भइरहेका छन्। यस्तो अवस्थामा बिहान सँगालिएको हरियो घाँसमा खाली खुट्टाले हिँड्नु स्वास्थ्यका लागि सरल तर अत्यन्तै लाभदायक अभ्यास मानिन्छ। आयुर्वेद तथा आधुनिक विज्ञानले समेत यसलाई शरीर र मन दुवैका लागि फाइदाजनक मानेका छन्।

मुख्य लाभहरू:
– खुट्टामा रहेका दबाब बिन्दुहरू सक्रिय हुँदा आँखाको दृष्टि सुधार हुन्छ।
– घाँसमा हिँड्दा शरीर पृथ्वीको प्राकृतिक उर्जासँग जोडिन्छ, जसले तनाव, चिन्ता र डिप्रेसन घटाउँछ।
– रक्तसञ्चार सुध्रिएर मुटुको स्वास्थ्य बलियो हुन्छ र धड्कन सन्तुलित रहन्छ।
– पाचन प्रणाली मजबुत बनिन्छ, कब्जियत र ग्यास समस्या कम हुन्छ।
– नियमित अभ्यासले निद्रा गहिरो हुन्छ र हर्माेन सन्तुलन कायम रहन्छ।
– हड्डी र मांसपेशी सक्रिय भएर बलियो बन्छ, ओस्टियोपोरोसिस रोकथाममा मद्दत पुर्‍याउँछ।
– प्रतिरक्षा प्रणाली बलियो भएर शरीर रोगसँग लड्न सक्षम बनिन्छ।

वैज्ञानिक आधार:
ग्राउन्डिङ/अर्थिङ सिद्धान्तअनुसार खाली खुट्टाले पृथ्वी छोँदासाथ शरीरको इलेक्ट्रोनिक चार्ज सन्तुलनमा आउँछ, जसले सूजन, दुखाइ र मानसिक तनाव कम गर्छ।

सावधानीहरू:
एलर्जी भएका व्यक्ति, मधुमेहका बिरामी, हिलो, काँडा वा कीरा भएको ठाउँमा हिँड्दा सावधानी आवश्यक हुन्छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
सेयर गर्नुहोस् :