अछाम। नेकपा एमालेले अछाम क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभा उम्मेदवार परिवर्तन गरेको छ। यसअघि पार्टी केन्द्रीय सचिवालयले एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज झपट बोहरालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। तर अन्तिम समयमा निर्णय सच्याउँदै एमालेले दीपक साउदलाई टिकट दिएको हो।
एमाले स्रोतका अनुसार पार्टीभित्रको आन्तरिक छलफलपछि साउदलाई उम्मेदवार बनाउने निर्णय गरिएको हो। साउद यसअघि माओवादी पृष्ठभूमिबाट राजनीतिमा सक्रिय रहँदै आएका थिए भने पछिल्लो समय जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का केन्द्रीय सदस्य थिए।
दीपक साउदले आफू झपट बोहराको समर्थन र सहमतिमै एमालेबाट उम्मेदवार बनेको बताएका छन्।





