स्वास्थ्य / जीवनशैली

५ वर्षमुनिका बालबालिकामा स्क्रिन प्रयोग: कति समय सुरक्षित?

काठमाडौं। डिजिटल युगसँगै बालबालिकामा स्क्रिन प्रयोग गर्ने प्रवृत्ति तीव्र रूपमा बढ्दै गएको छ। अभिभावकहरूले बच्चालाई खाना खुवाउँदा, फकाउँदा वा व्यस्त राख्न स्क्रिन प्रयोग गराउने चलन बढ्दो अवस्थामा रहेको उल्लेख गरिएको छ।

नेपालमा बालबालिकाका लागि निश्चित स्क्रिन टाइमको कानुनी मापदण्ड नभए पनि अन्तर्राष्ट्रिय अभ्यासअनुसार ५ वर्ष मुनिका बालबालिकालाई दिनको अधिकतम एक घण्टा सम्म मात्र स्क्रिन प्रयोग गर्न सिफारिस गरिएको छ। दुई वर्ष भन्दा कम उमेरका बालबालिकालाई एक्लै स्क्रिन हेर्न नदिन सुझाइएको छ।

विज्ञहरूका अनुसार अत्यधिक स्क्रिन प्रयोगले बालबालिकाको शारीरिक र मानसिक विकासमा नकारात्मक असर पार्न सक्छ। विशेषगरी छिटो गतिका दृश्य सामग्रीले बाल मस्तिष्कमा तनाव प्रतिक्रिया (फाइट वा फ्लाइट) उत्पन्न गर्न सक्ने र मुटुको धड्कन तथा शारीरिक क्रियाकलापमा असर पार्ने देखिएको छ।

यस कारण अभिभावकलाई सम्भव भए सम्म बालबालिका सँगै बसेर स्क्रिन प्रयोग गराउने, वैकल्पिक रूपमा कथा पढाउने, खेल खेलाउने जस्ता क्रियाकलापमा संलग्न गराउने सुझाव दिइएको छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
सेयर गर्नुहोस् :