खेलकुद

एसियन गेम्स क्वालिफायरका लागि दीपेन्द्रको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी एसियन गेम्स क्वालिफायरका लागि १४ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोली सार्वजनिक गरेको छ। टोलीको कप्तानी दीपेन्द्र सिंह ऐरी ले गर्ने भएका छन्।

टी-२० फर्म्याटमा हुने उक्त प्रतियोगिता मे ३१ देखि जुन ९ सम्म सिंगापुरमा आयोजना हुँदैछ। घोषित टोलीमा कुशल भुर्तेल, रोहित पौडेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सोमपाल कामी, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ शेख, करण केसी र साहव आलम रहेका छन्।

प्रतियोगितामा नेपालसँगै चीन, कतार र मलेसिया समूह ‘ए’ मा छन्। नेपालले आफ्नो पहिलो खेल मे ३१ बिहान ७:१५ बजे चीनसँग खेल्नेछ। त्यसपछि जुन २ मा कतार र जुन ४ मा मलेसियासँग प्रतिस्पर्धा गर्नेछ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
सेयर गर्नुहोस् :