समाचार

सरकार फोहोर व्यवस्थापन देखि ६ महिने प्रसूति बिदासम्मका विधेयक ल्याउँदै सरकार

काठमाडौं। सरकारले फोहोरमैला व्यवस्थापन र सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सम्बन्धी विधेयक संसदमा लैजाने तयारी गरेको छ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमका अनुसार फोहोर व्यवस्थापनसम्बन्धी विधेयकमा फोहोर उत्पादन न्यूनीकरण देखि स्रोतमै वर्गीकरण, संकलन, पुनःप्रयोग, पुनःप्रशोधन तथा सुरक्षित विसर्जन सम्मका विषय समेटिनेछन्। शून्य फोहोर, चक्रीय अर्थतन्त्र र उत्पादकको विस्तारित जिम्मेवारीलाई पनि कानुनी दायरामा ल्याउने प्रस्ताव छ।

यस्तै, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधन विधेयकमा आमालाई कम्तीमा ६ महिना तलब सहितको प्रसूति बिदा र बुबालाई ४२ दिनसम्म तलब सहितको स्याहार बिदा दिने प्रस्ताव गरिएको छ।

मन्त्री गौतमले दुवै विधेयक मन्त्रिपरिषद् हुँदै संघीय संसदमा दर्ता गर्ने तयारी भइरहेको जानकारी दिएकी छन्।

सेयर गर्नुहोस् :