अर्थतन्त्र

दुई महिनामै राजस्व १६ प्रतिशत बढ्यो, खर्च पनि उक्लियो

काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा सरकारको राजस्व संकलन १६ प्रतिशत भन्दा बढीले बढेको छ। भदौ मसान्तसम्म १ खर्ब ८३ अर्ब २१ करोड रुपैयाँ राजस्व उठेको हो।

गत वर्षको सोही अवधिमा १ खर्ब ५७ अर्ब ५३ करोड रुपैयाँ राजस्व संकलन भएको थियो। यस वर्ष राजस्व २५ अर्ब ६७ करोड रुपैयाँले बढेको छ।

कुल राजस्व मध्ये करबाट १ खर्ब ७२ अर्ब ४३ करोड र गैरकरबाट १० अर्ब ७८ करोड रुपैयाँ संकलन भएको छ। गैरकर राजस्व भने गत वर्षको तुलनामा ५१.१ प्रतिशतले बढेको छ।

यता, दुई महिनामा सरकारको कुल खर्च १ खर्ब ९९ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ। यो गत वर्षको तुलनामा १०.९ प्रतिशत बढी हो।

यस अवधिमा चालु खर्च १ खर्ब २२ अर्ब ४ करोड र पुँजीगत खर्च ७६ अर्ब ६५ करोड रुपैयाँ रहेको छ। पुँजीगत खर्च गत वर्षको तुलनामा २०.७ प्रतिशतले बढेको छ।

सरकारले चालु आर्थिक वर्षमा १५ खर्ब ८० अर्ब ३२ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ। दुई महिनामा लक्ष्यको ११.५९ प्रतिशत राजस्व संकलन भएको छ।

सेयर गर्नुहोस् :