समाज

बाबुको पहिचान नखुलेका सन्तानलाई आमाको नामबाट नागरिकता

काठमाडौं। सरकारले नेपाली नागरिकता नियमावली २०६३ मा चौथो संशोधन गरी राजपत्रमा प्रकाशित गरेपछि बाबुको पहिचान नखुलेका सन्तानले आमाको नामबाट नेपाली नागरिकता लिन पाउने व्यवस्था व्यवहारमा लागू भएको छ। यो भन्दा पहिले प्रायः बाबुको नामबाट मात्र वंशजको नागरिकता दिइँदै आएको थियो।

संशोधित नियमावली अनुसार बाबु वा आमामध्ये एकजनाले जन्मको आधारमा नागरिकता पाएको तर अर्कोको मृत्यु भएको वा सम्पर्कविहीन रहेको अवस्थामा सन्तानले आवश्यक प्रक्रिया र कागजात पूरा गरेमा अंगीकृत नागरिकता पाउनेछन्। साथै नेपाली आमाबाट विदेशमा जन्मिएका, विदेशको नागरिकता नलिएका, बाबुको पहिचान नखुलेका र नेपालमा स्थायी बसोबास गर्ने व्यक्तिलाई पनि अंगीकृत नागरिकता दिने व्यवस्था गरिएको छ।

पुस ११ गते मन्त्रिपरिषद्बाट स्वीकृत गरिएको नागरिकता नियमावली पुस २१ गते नेपाल राजपत्रमा प्रकाशित भएपछि उक्त नियमावली कार्यान्वयनका लागि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गरेको छ।

सेयर गर्नुहोस् :