काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शिशिर खनाल लाई परराष्ट्र मन्त्री बनाउने निर्णय गरेको छ। पार्टी स्रोतका अनुसार बिहीबार साँझ बसेको उच्चस्तरीय छलफलपछि खनाललाई उक्त जिम्मेवारी दिने सहमति जुटेको हो।
छलफलमा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, उपसभापति डीपी अर्याल तथा स्वर्णिम वाग्ले सहभागी थिए।
खनाल यसअघि छोटो अवधिका लागि शिक्षामन्त्री भइसकेका छन्। उनी लगातार दोस्रो पटक प्रत्यक्ष निर्वाचित सांसद हुन्। साथै, पार्टीका सचिवालय सदस्य तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख पनि हुन।
यद्यपि, खनाललाई परराष्ट्र मन्त्री नियुक्त गर्ने विषयमा औपचारिक घोषणा भने हुन बाँकी छ।





