समाचार

समाचार

बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल ले नेपालको संविधानको धारा ७६ (१) अनुसार बालेन्द्र शाह लाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेका छन्।

समाचार

उर्जामन्त्रीमा विराज भक्त श्रेष्ठ

काठमाडौ। विराज भक्त श्रेष्ठ रास्वपा नेतृत्वको सरकारमा ऊर्जा तथा जलस्रोत मन्त्री बन्ने भएका छन्। काठमाडौँ-८ बाट निर्वाचित श्रेष्ठ मन्त्रीका रूपमा नियुक्त हुने तयारीमा छन्।

समाचार

सुनिल लम्साल बने भौतिक पुर्वाधार मन्त्री

काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनिल लम्साल लाई भौतिक पूर्वाधार मन्त्री बनाएको छ। उनी बालेन्द्र शाह नेतृत्वको सरकारमा आजै शपथ लिनेछन्।

समाचार

सोविता गौतम कानुन मन्त्री

काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोविता गौतम लाई कानुन मन्त्री बनाएको छ। उनी बालेन्द्र शाह नेतृत्वको सरकारमा आजै शपथ लिने तयारीमा छिन्।

समाचार

उद्योगमन्त्रीमा अमरेश कुमार सिंह

काठमाडौ। अमरेश कुमार सिंह रास्वपा नेतृत्वको सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बन्ने भएका छन्। सर्लाही–४ बाट निर्वाचित सिंहले गगन थापा लाई पराजित गर्दै प्रतिनिधिसभामा प्रवेश गरेका थिए।

समाचार

गृह मन्त्रालयको जिम्मेवारी सुधन गुरुङ लाई

काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालयको जिम्मेवारी सुधन गुरुङ लाई दिएको छ। जेनजी आन्दोलनका अगुवा गुरुङ गोरखा-१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।

समाचार

शीतल निवासमा आज प्रधानमन्त्री बालेन शाहको शपथ यसरी हुदै

काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज मुलुकको नयाँ प्रधानमन्त्रीका रूपमा शपथ लिँदै छन्। राष्ट्रपति रामचन्द्र पौडेल ले शीतल निवासमा आयोजित विशेष समारोहबीच उनलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय गरिएको छ। राष्ट्रपति कार्यालयका अनुसार दिउँसोका लागि शपथ समारोहको विस्तृत कार्यतालिका बनाइएको छ। त्यसअघि बालेनलाई औपचारिक रूपमा प्रधानमन्त्रीमा नियुक्त गरिएको […]

समाचार

रास्वपाबाट शिशिर खनाल परराष्ट्र मन्त्री बन्ने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शिशिर खनाल लाई परराष्ट्र मन्त्री बनाउने निर्णय गरेको छ। पार्टी स्रोतका अनुसार बिहीबार साँझ बसेको उच्चस्तरीय छलफलपछि खनाललाई उक्त जिम्मेवारी दिने सहमति जुटेको हो। छलफलमा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, उपसभापति डीपी अर्याल तथा स्वर्णिम वाग्ले सहभागी थिए। खनाल यसअघि छोटो अवधिका लागि शिक्षामन्त्री भइसकेका छन्। […]

समाचार

प्रतिनिधिसभाका नवनिर्वाचित २७४ सदस्यले आज शपथ लिँदै

काठमाडौ। प्रतिनिधिसभाका नवनिर्वाचित २७४ सदस्यले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्। संघीय संसद् सचिवालयका अनुसार बिहीबार अपराह्न २ बजे सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा शपथग्रहण कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको सचिवालयले जनाएको छ। शपथ ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले गराउनेछन्। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार केसीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए। […]